युमा साम्यो महासभा नेपालको पाँथर जिल्ला शाखा गठन

  नयाँ बुलन्द
21 Shares

पाँचथर :  पाँचथरमा युमा साम्यो महासभा नेपाल पाँचथर जिल्ला शाखा गठन भएको छ ।

फिदिममा आइतबार स्थानीय समाजसेवी जकेन्द्र लावतीको सभापतित्व रहेको भेलाले महासभाको जिल्ला समिति गठन गरेको हो ।

भेलाले स्थानीय समाजसेवी तुतु तुम्याहाङ जकेन्द्र लावतीको अध्यक्षतामा २४ सदस्यीय समिति चयन गरेको छ ।

समितिका अध्यक्ष जकेन्द्र लावती, उपाध्यक्ष हरिभक्त जबेगु, सचिव सन्तोष जबेगु, सहसचिव ताराकुमार आङदेम्बे र कोषाध्यक्ष प्रत्युस कुरुम्बाङ चयन भएका छन् ।

सदस्यहरुमा हिमाल कुरुम्बाङ,  प्रेम सुहाङ, डिकधोज लावती, डिल्ली सिगु, चन्द्रप्रकाश माङ्मु, महेस कुमार फागो, नोगेन आङदेम्बे, क्षितिज चेम्जोङ, शक्ति केरूङ, रिवाज थाम्सुहाङ, लालअञ्जान सम्बाहाङफे, टेकेन्द्र चेम्जोङ, सुमित्रा चेम्जोङ, ध्वजबहादुर वनेम चयन भएका छन् ।

सल्लाहकारमा लक्ष्मण लावती हेमकेलाङ जबेगु, भक्तिप्रसाद नेम्बाङ, कर्मसिंह थाम्सुहाङ चयन भएका छन् ।

युमा धार्मिक–सांस्कृतिक अभियन्ता एवं शिक्षक हिमाल कुरुम्बाङको सकृयता एवं संयोजकत्वमा सम्पन्न उक्त भेलाले आसन्न २०७८ को राष्ट्रिय जनगणनामा जातिको महलमा याक्थुङ लिम्बू, पुख्र्यौली र मातृभाषाको महलमा याक्थुङ र धर्मको महलमा युमा धर्म लेख्ने लेखाउने प्रस्ताव सर्वसम्मतिले पारित गर्‍यो ।

युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देबेन्द्रकुमार वनेमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य तथा शुभचिन्तकहरू चित्र फागो वनेम, योबाहाङ तुम्बाहाङफे, डुक वनेम, बुद्धि चोङबाङ र सल्लाहकार आरबी पालुङ्वालगायताको उपस्थिति रहेको थियो ।

पाँचथर जिल्लावासी अग्रज तुतु तुम्याहाङ, नाली थाङ्बेन, पेगिफाङसाम, थुङदाङबा, थुङदोबा, विद्वान, बुद्धिजीवी आदिको उपस्थिति र सर्वसम्मतिमा याक्थुङ लिम्बु जातिको परम्परागत प्राचिन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलन संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार