खास गरी विसं २०६२÷०६३ को परिवर्तनपछि देशमा बाहुन–क्षेत्री गर्दा देश बिग्रेको भनी बाहुन–क्षेत्रीलाई सराप्नेहरु टन्न भेटिन्थे । यो कुरो केही उदारवादी बाहुन–क्षेत्रीहरुले नै पनि स्वीकार गर्थे । त्यसो अभैm पनि देश बाहुन–क्षेत्रीले गर्दा बिग्रेको भनी सराप्नेहरुले धूमिल स्वरमा कराई रहेको भेटिन्छ नै । अझ मंगोल नेसनल अर्गनाईजेसनवालाहरुको त कुरै छाडौं ! उनीहरुको कुरै बेग्लै छ । उनीहरुका अनुसार ‘मान्छेलाई गाईको मुत र ढुंगोलाई गाई दूध चढाउने’ …हरुले गर्दा देश बर्बाद भएको हो रे ! हुन पनि आर्य–खसहरुको नजरमा ‘अति साप्रदायीक, जातिवादी÷फासीवादी विचार !’ राख्नेहरुले भित्रभित्रै ‘बाहुनलाई काँशी र, क्षेत्रीलाई फाँसी !’ नपठाएसम्म आदिवासी जनजाति, मधेसी, दलित लगायत नेपालका उत्पीडितहरुका पक्षमा केही हुनेवाला छैन ! सम्म भन्थे÷भन्छन् । तर, साँच्चै यो देश बाहुन–क्षेत्रीले मात्रै बिगारेका हुन त ? यस कार्यमा सुवास नेम्बाङ नामक ‘लिम्बु बाहुन !’, जगमान गुरुङ÷‘ओली !’, पृथ्वी ‘सुब्बा’ गुरुङ, शेरधन राई ! राई र जस्ता गुरुङ बाहुनहरु लगायतको पनि केही न केही योगदान छ कि ? यस विषयमा पनि हामीले गहन ढंगले बहस, छलफल, विचार मन्थन गर्नु पर्ने र, सकारात्मक खालको निश्कर्ष निकाल्नका लागि ढिलाई गर्नु हुन्न भन्ने यो ‘केहीनजान्ने कुलुङे ढाक्रे !’ आग्रह छ ।
त्यसो त बाहुन जातका केही अगुवाहरु यो देशको शासक त क्षेत्री हुन् ? बाहुन कहाँ हुन् र ? भन्छन् । त्यस्तै उनीहरु नेपाल एकीकरणपछि दरबारभित्रको तानातानमा त्यो बेलाको हालको प्रधानमन्त्रीसरहको चौतरिया पद पाएका रंगनाथ पौडेलबाहेक र २००७ र २०१७ को बीचमा दुई कोइराला र टंंकप्रसाद आचार्यबाहेक कुन बाहुनले शासन गर्यो ? भनी प्रश्न गर्छन् । र, यसरी अनुदारवादी विचार राख्ने बाहुनहरु २०४६ को परिवर्तनपछि भने यो पार्टी वा त्यो पार्टीको नाममा देशमा बाहुनहरुकै ढलीमली रहेको स्वीकार्छन् । ती बाहुनहरु तीसवर्षे पञ्चायती व्यवस्थामा प्रधानमन्त्री भएका बाहुन न क्षेत्री, जो प्रधानमन्त्री भए तापनि त्यो बेला दरबारले नै प्रत्यक्ष शासन गरेको मान्छन् । त्यसैले उनीहरु पञ्चायतकालमा जति जना बाहुन वा क्षेत्री प्रधानमन्त्री भएका भए तापनि शासकमा गन्न नमिल्ने तर्क गर्छन् ।
उता क्षेत्री कमरेडहरु पनि कहाँ छन् र ? उनीहरु पनि हामी कहाँ शासक हौं र ? हाम्रो काँधमा बन्दुक राखेर पड्काउने त बाहुन नै हुन् नि ! भन्छन् । हुन पनि त्यो बेला बाहुनहरु प्रत्यक्ष रुपमा प्रधानमन्त्री वा मन्त्री नै नभए तापनि राणा शासकहरु (श्री ३ महाराज) र राजदरबारमा प्रमुख पुरोहित, बडागुरु ज्यु वा पण्डितको भेषमा रहेर अप्रत्यक्ष रुपमा शासन गरेकै हुन् ।
बाहुनहरुको नराम्रो पक्षका बारेमा यहाँ राणाकालको अन्त्य–अन्त्य हुँदा ताकाको एक प्रसंग उल्लेख गर्नु उचितै होला कि ! त्यो (राणाकालमा) वेला घटेको एक घटना सम्झँदै स्वर्गीय धर्मरत्न येँमी÷यमीले आफ्नो किताब ‘नेपालका कुरा’ मा लेखेअनुसार, राणा शासन विरुद्धको आन्दोलनको क्रममा काठमाण्डौका एक जना पढालेखा नेवार जोशीले गीता वाचन गर्ने, गीताको राम्रो पक्षबारे जनताबीच प्रचारप्रसार गरेर जनतालाई सुसूचित गर्ने काम गर्न थाले । त्यसपछि राणा विरोधी आन्दोलनमा लागेकाहरुलाई पक्रने क्रममा ती नेवारलाई पनि राणा शासकका जंगी लाठ÷आठपहरियाहरुले पक्र्रेर ल्याए । विचरा ती नेवारलाई राणाहरुले अरु केही आरोप नलगाई खालि ‘कत्रा–कत्रा विद्धान÷पण्डित (बाहुन !) हरुले गर्न नसकेको गीताको व्याख्या तँ नाथे ज्यापुले गर्ने ? तँ ज्यापु को होस् ?’ भन्दै पिटेका थिए रे । यो घटनाले के को संकेत गर्छ ? निश्चय नै बाहुन÷पण्डितहरुको ईश्र्यालुपनको नै संकेत गर्ने हो ।
यसरी हेर्दा राणा र दरवारिया पण्डितहरुका झोसपोलका कारण ती नेवार पनि राणाहरुको घानमा परेको प्रस्टैसँग देखिन्छ । त्यसो त नेपालका असली शासक को हो त ? भन्ने सन्दर्भमा क्षेत्रीका अगुवाहरु त के सम्म भन्छन् भने, बाहुनले क्षेत्रीको धार्मिक–सांस्कृतिक र कर्मकाण्डीय अधिकारसमेत खोसेका छन् । यस सन्दर्भमा क्षेत्री कमरेडहरु भन्छन्, ‘–नेपालका अन्य जातजातिले कम्तिमा आफ्नो धर्म, संस्कार, संस्कृतिहरु जस्तै कर्मकाण्ड गर्न, सांस्कृतिक कार्यहरु गर्न, चाडबाडहरु मनाउँदा आफ्नै समुदाय वा जातका प्रमुख वा रीति थिति जानेको मान्छेलाई लगाउन सक्छन् भने क्षेत्रीले अनिवार्य रुपमा बाहुन नै लगाउनु पर्ने नियम बसाले । यसरी हेर्दा अन्य जाति वा समुदायले ‘कम्तिमा जन्म, विवाह, मृत्यू, आफ्नो जातीय संस्कार, संस्कृतिमा आफैभित्रका धर्म गुरुहरुले काम गर्न पाएका छन् । हाम्रो त त्यो अधिकार पनि बाहुनले खोसेका छन् ।’
जे होस्, अब राज्य र राज्यपक्षका मान्छेहरुले खासगरी २०६८ को जनगणनाअनुसार सम्पूर्ण जनसंख्याको केवल १२.२ प्रतिशत जनसंख्या ओगटेको तर राजनैतिक दल, कर्मचारीतन्त्र, न्याय सेवा लगायत हरेक क्षेत्रमा आप्mनो जातीय जनसंख्याभन्दा चार–पाँच गुणासम्म बढी हिस्सा ओगटेका बाहुन जातका अगुवा कमरेडहरुले आफैप्रति निर्मम भएर विगत लामो समयदेखि विभिन्न कारणवस अन्यायमा परेका वा पारिएका आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, पिछडा वर्ग, पिछडिएको क्षेत्र, भिन्न क्षमता भएका जस्तै अन्धा–अपाङ्ग, लाटो–बुङ्गो !? कानो–बहिरो, लुलो–लङ्गडो, तेस्रो लिंगी, आदिलाई कसरी समेट्न सकिन्छ ? भन्नेतर्फ अग्रसर हुन ढीला गर्नु हुँदैन । त्यस्तै आदिवासी जनजाति लगायत उत्पीडित पक्षका मान्छेहरुले पनि एकलकाँटे तरिकाले बाहुनलाई मात्रै सराप्दै र, तामझामका साथ विदेशी पैसा (अहिले आदिवासी जनजातिहरुमा आधारित एनजिओहरुलाई मात्रै नभएर नेपालका प्रायः सबै एनजिओ लगायत अन्य सबै संघसंस्थाहरुलाई विदेशी पैसा आउन रोकिएको छ । आए पनि सरकारले एकद्घार प्रणाली अपनाएको छ ।) मा स्वशासन, आत्मनिर्णयको अधिकार, संघीय शासन लगायतका पूmलबुट्टे शब्दावलीयुक्त, भाषण गर्दै र, कार्यपत्र पेश गर्दैमा केही लछारपाटो लाग्दैन भन्नेमा सहमत हुनै पर्ने दिन आउँछ÷आयो ! साथै राज्यपक्षका अनुदारवादी बाहुन कमरेडहरुले पनि विगतमा राज्यले यिनीहरुलाई अन्याय÷अत्याचार गरेकै हो । राज्यको हरेक क्षेत्रबाट पहँुचबाहिर पारेकै हो, अब त्यसो गरिनु हँुदैन भनेर उदारताका साथ प्रस्तुत हुने वेला भएको छ । यस विषयमा अब पटक्कै ढीला गर्नु हुँदैन । यसैमा सबैको हित देखिन्छ । किनभने, अबको जुग भनेको सहअस्तित्व, सहकार्य र समानुपातिक समावेशीताको हो । हो न कि ‘पर्वते, स्वाँठे, भ’स तिघ्रे …… हरुलाई कहिल्यै पनि मन्त्रीमण्डलमा नहुल्नु’ भनी शासकहरुलाई अर्ति–उपदेश दिने जुग हो ।
सबैलाई चेतना भया !
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]