महादेव गुप्तेश्वर माद्यामिक विद्यालयद्वारा समाजसेवीहरुलाई सम्मान, दाताहरुबाट नगद सहयोगको घोषणा

  राम प्रसाद बाँस्कोटा
7 Shares

 

 

पाँचथर : फिदिम नगरपालिका -१४ स्थित महादेव गुप्तेश्वर माद्यामिक विद्यालय फुल्पाद्वारा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने दुई दर्जन बढी समाजसेवीलाई सम्मान गरेको छ ।

उक्त विद्यालयलाई आर्थिक,भौतिक तथा शैक्षिक उन्नतिका लागि स्थापना कालदेखि सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङद्वारा सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित व्यक्तिहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुने दाता एवं शिक्षा सेवीहरुमा साविक लुङरुपा गाउँविकास समितिका पूर्व उपाध्यक्ष नरेन्द्र कुमार पुलामी सहित सोही वडाका फागो परिवारका राम कुमार,सन्तविर,पदमलाल,मनकुमार,पुर्णमान, बमबहादुर,भुवानी विक्रम र प्रतिमान फागो सम्मानित भएका छन् ।

त्यस्तै, सहरमान,रहरसिंह,सन्तबहादुर राई ,देउकुमार थुलुङ राई,चन्द्र बहादुर थुलुड राई,भगिमान थुलुङ राई,मधुसुधन नेम्वाङ,धन बहादुर नेम्वाङ,सुकबहादुर नेम्वाङ रहेका छन्।

वडा नम्बर १३ निवासी जयवहादुर नेम्वाङ र वडा नम्बर ८ का सूर्य बहादुर राई छन् ।

यसैगरी,फुल्पा स्थायी घर भइ हाल युकेमा बसोबास गर्दै आएका मणीराम तथा झुमा फागो,हल्दीवारी ५ झापाका चक्र बहादुर थुलुड राई ,विद्यालयका पूर्व प्रधानध्यापक खडानन्द ढुंगाना र निवर्तमान शिक्षक मोहन निरौला समेतलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि शिक्षासेवी एवं नेपाली काँङ्ग्रेस पाँचथरका जिल्ला सचिव रुपनारायण जवेगु,वडा अध्यक्ष भीम बहादुर फागो लगायतले सम्मानित हुनेहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेको थिए ।

शिक्षिका टीकादेवी राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको औचित्य माथि प्रधानध्यापक कमल प्रसाद बाँस्कोटाले प्रकास पारेका थिए ।
कार्यक्रममा दाताहरु मध्ये पृथीलाल मगरले तत्काल ५० हजार रुपैयाँ साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईले नगद १० हजार रुपैयाँ विद्यालयको शैक्षिक उन्नतिको लागि सहयोग गर्ने प्रतिबद्धता सहितको घोषणा गरेको विद्यालय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार