फाकफोकथुमका वडाहरुमा जसपा नेपालको धमाधम अधिवेशन,२ नम्बर वडामा २१ सदस्यीय समिति गठन

  नयाँ बुलन्द
7 Shares

इलाम : जनता समाजवादी पार्टी,नेपाल फाकफाेकथुम वडा नम्बर २ मा पार्टी समायोजन मार्फत रोशन राईको नेतृत्वमा २१ सदस्यीय समिति चयन भएको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा लवकुमार राई उपाध्यक्ष केशरी माया तामाङ र मनकुमार राई छन् भने काेषाध्यक्ष इन्द्रमाया राई,सचिव गणेश राई ,सह-सचिव शुक्र राज राई र सन्तोष राई रहेका छन् ।

त्यस्तै,सदस्यहरुमा मनकुमारी तामाङ ,दिपक राई,सुनमाया तामाङ ,कला राई ,मनकुमार राई(चाम्लिङ),टेकबहादुर राई,शम्भु राई,चित्रबहादुर राई,पदम राई,गणेश(खाप्तुवा) राई,चन्द्रकुमार राई,अजय राई र विनोद राई (हर्क) सहितको समिति गठन भएको कार्यक्रम संचालक तथा पार्टीका स्थानीय युवा नेता टिका सम्बाहाम्फे लिम्बूले जानकारी दिए ।

 

तत्कालीन संघीय समाजवादी पार्टी गाउँपालिका अध्यक्ष भुपाल राईको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय समिति सदस्य कृष्ण बहादुर पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रेस नेपाल प्रदेश १ सदस्य युद्धबहादुर बोहोरा,जिल्ला कमिटी सचिवालय सदस्य याम लिम्बू,सदस्य धनसिं राई ,सरोज राई,जसपा पाँचथरका जिल्ला कमिटी सदस्य सन्तोष तुम्बापो,प्रकाश राई,विद्यार्थी नेता सन्जय राई,तीन जुरेएकेडेमीका प्रिन्सिपल तथा पत्रकार विकास राई,बलिराज नेम्बाङ (रमेश) लगायतले नवगठित समितिलाई बधाई सहितको शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच,नेेेकपा परित्याग गरि वडा नम्बर १ का ठाकुर भट्टराई  लगायतका  कार्यकर्ता जसपामा प्रवेश गरेका थिए । उक्त कार्यक्रममा मोहन राइको नेतृत्वमा १५ सदस्यीय समाजवादी युवासंघ समेत गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार