सुनको मूल्यमा वृद्धि

  नयाँ बुलन्द  86 पटक हेरिएको


काठमाडौं : स्थानीय बजारमा शुक्रबार पहेंलो धातुको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु. ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु. ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन शुक्रबार भने तोलामा रु. ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु. ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा रु. ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने शुक्रबार पनि स्थिर छ । चाँदी तोलामा रु. एक हजार ३०० मा कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार