
काठमाडाैं – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ। बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ। विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्क गर्न बोर्डले जनाएको छ।