इलाम : इलामकाे माङसेबुङ ६ चिसापानी पंञ्चमिमा सिटिजन्स बैङ्कको शाखा रहित बैङ्क (BLB) सेवा सुुुरु भएकाे छ । सर्वसुलभ तथा अत्याधुनिक बैङ्किङ सेवा पुर्याउने उदेश्यका आज बाट यो सेवा सुरु गर्ने गरी कार्यालय स्थापना गरिएको हो । एक कार्यक्रममा बिच उदघाटन गरिएको शाखा रहित बैङ्किङ सेवा BLB बाट स्थानिय लाई निकै फाईदा हुने अपेक्षा राखिएको छ ।
कार्यक्रममा बाेल्दै मिक्लाजुङ ५ का वडा अध्यक्ष अबिसन लावतीले याे सेवा बाट समग्र माङसेबुङ र मिक्लाजुङका अाम नागरिकलाई सहज हुने बताए । यस अघी नै सिटिजन्स बैङ्ककाे शाखा माङसेबुङ गाउपालिकाको कार्यालय सँगै रहेर सेवा दिईरहेको छ । कार्यक्रममा बैङ्कका प्रदेश प्रमुख प्रदिप सेढाई ,माङसेबुङ शाखाका प्रमुख हरि खत्री लगयत स्थानिय , संचारकर्मिको उपस्थिति रहेकाे थियाे।