फाक्तेपमा उत्पादन हुनथाले लोभलाग्दा सुँगुर,स्थानीय बजारमा मासु खपत 

  युद्धबहादुर बोहोरा
7 Shares

 

पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका -५,फाक्तेप स्थित प्रयास बंगुर फर्मबाट धमाधम मासुको लागि सुँगुर उत्पादन हुनथालेका छन् ।

विगत १० वर्ष देखि व्यावसायिक रूपमा पेशा गर्दै आएका फर्म संञ्चालक कन्काई नेम्वाङको व्यावसायबाट उत्पादित सुँगुर स्वस्थ र लोभ लाग्दो भएको घुर्बिसे मिटसपका संचालक हर्क चेम्जोङ बताउँछन् ।

उनि भन्छन्, “स्थानीय क्षेत्रमा उत्पादन भएका बस्तु खरिद गर्न ढुवानीमा फाइदा हुने साथै ग्राहकले पनि रुचाउँने हुँदा प्रायः हामी लोकल मासु बिक्रि गर्न लागिपरेका छौं ।”

 

रोजगारीका लागि वैदेशिक रोजगारमा जाँदा कमाइ नभएर फर्किएका उनि आफ्नो जग्गा बेचेर साहुको ऋण बुझाएको र त्यसपछि साहु संग कर्जा लिएर आफ्नै गाँउघरमा पेशा शुरु गरेर ५ लाख रुपैंया भन्द बढी वार्षिक आम्दानी गर्न थालेको उनको भनाई छ ।
आम्दानीबाट छोराछोरीको पठनपाठन र घर खर्च पुग्ने उनले बताए । भेटेरिनरी अस्पताल पाँचथरको युवा लक्षित पशु विकाश अन्तर्गत दुई लाख ५० हजार अनुदान कार्यक्रममा उनको फर्म छनौटमा परेकोले हाल आधुनिक खोर निर्माण गरेर सुँगरपाठ समेत उत्पादन गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार