माईमा ७२ प्रतिशतलाई धनिपुर्जा दिईने

  नयाँ बुलन्द
0 Shares


माई : प्रदेश नम्बर १ का भुमिव्यवस्था,तथा कृर्षि तथा सहकारी राज्य मन्त्री राम रानाले माई नगरपालिकाका ७२ प्रतिशत भुमीहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यववस्थित बसोबासका भएकाहरु लाई अबको केही महिना भित्र नै धनिपुर्जा उपलब्ध हुने प्रतिबद्धता गर्नु भएको छ ।

इलामको माई नगरपालिका मा शनिबार को कार्यक्रमा भुमीहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यववस्थित बसोबासको विवरण र तथ्याँक संकलन इकाई कार्यालयको उद्घाटन गर्दै मन्त्री रानाले जंगल फाडेर बसेका, नदी उकासमा बसेका तथा पुरानो बाटो क्षेत्र मासेर दश बर्ष देखि निरन्तर बसे को सुकुम्बासीहरुलाई जनता लाई चाडै जग्गाको मालिक बनाईने दाबी गर्नु भएको छ । भुमीहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यववस्थित बसोबासका भएकाहरुले चाडै धनीपुर्जा पाउने गरी अमिन लगायतका कर्मचारी करारमा नियुक्ति गर्न समेत माई नगरपालिकालाई मन्त्री रानाले अनुरोध गरेका छन ।

माई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बिशेष अतिथी रहनुभएका इलामका प्रदेश साँसद काजीमान कागतेले अग्रगमनको बाटोमा लागेको सरकारले नीति कार्यक्रममा उल्लेख गरिएका कुरा पुरा गर्ने ठोकुवा दिए । साँसद कागतेले नेकपा भित्रको असहमतिलाई संकेत गर्दै तपाई कता, म कता जस्ता दुविद्यामा नअल्मलिई अग्रगमनको बाटोमा समाहित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जग्गा ब्यबस्थित गर्न र धनिपुर्जा हातमा आउन धेरै समय पर्खनु नपर्ने धारणा राखे । प्रमुख बरालले बिपन्न परिबारको लागि फुस्का छानालाई परिबर्तन गरी टिनको छानो बनाउने कार्यक्रम ल्याएको बताएका थिए ।

प्रदेश १ का नगरपालिका संघका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जनताको आधारभुत आबश्यक्ता पुरा गर्न सरकारको स्वरुपका आधारमा भर पर्ने दाबी गरे । बर्तमान सरकार नागरिकको खाना, छाना र नाना पहिलो प्राथमिकता भएको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गरेका माईका मेयर दिपक कुमार थेबेले भूमीहीन दलित र सुकुम्बासीको समस्या समाधान गर्न वडा र नगरलाई सबै प्रकारको सहयोग गर्न आम नगरबासीमा अनुरोध गरेका छन । उनले ७२ प्रतिशत क्षेत्र अब्यबस्थित रहेको माईमा रातो र सेतो फारम भरी आफ्नो स्वामित्वमा धनिपुर्जा लिन आग्रह गरेका छन । भोलीबाटै फारम भर्ने र तथ्याङ्ग संकलनको काम थालिने जानकारी दिएका छन ।

लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएपछी इलामको माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका ६ हजार ५१५ घरपरिवारलाई पहिलो चरणमा लालपुर्जा प्रदान गर्न लागिपरेको बताए ।

प्रदेश सरकारले सुकुम्वासी नागरिकलाई लालपुर्जा वितरणका लागि प्रदेश नं १ का ३० स्थानीय तहका एक लाख नागरिकलाई लालपुर्जा वितरण गर्नेछ ।
आयोगले भूमिहीन÷सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नका लागि स्थानीय तहका पदाधिकारीबीच समझदारीपत्रमा हस्तान्तरण यस अघिनै गरि सकेको छ ।

माई नगरपालिकामा ९५७ घरपरिवार सुकुम्वासी छन् । यस्तै ३ हजार २३८ घरपरिवार भने अव्यवस्थितरूपमा बसोबास गरिरहेकाको उल्लेख छ । सुकुम्वासी र अव्यवस्थित गरी ४ हजार १९५ घरपरिवार सुकुम्वासी रहेको प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले भूमि सम्बन्धि ऐन २०२१ को आठौं संशोधन पछि नियमावलीको १८ औं संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारेर काम थालेको बताईएको छ ।
यसका लागि आगामी फागुन सम्ममा लगत सङ्कलनका लागि पालिकाले फाराम भराउने छन । अव्यवस्थित रूपमा बसोबास आएकालाई सेतो र दलित तथा व्यवस्थित रूपमा बसिआएका तर लालपुर्जा नपाएका सुकुम्बासीलाई गुलाबी रङ्गको भराइने मेयर थेबेले जानकारी दिए ।

कार्यक्रम संन्चालन मुखराज आङ्देम्बे ६ नम्बर को वाड अध्यक्ष ले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपमेयर बिष्णुमाया आचार्यले राख्नु भएको थियो कार्यक्रममा नेकपा को माईका अध्यक्ष धन कुमार लिम्बु,र नेपाली काग्रेसका मोहन नेम्वाङ्ग लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार