
इलाम : जनता समाजवादी पार्टी,नेपाल फाकफाेकथुम वडा नम्बर १ मा पार्टी समायोजन मार्फत बलिराज नेम्वाङ (रमेश) को नेतृत्वमा २१ सदस्यीय समिति चयन भएको छ ।
नवगठित समितिको उपाध्यक्षमा गमबहादुर मगर र खेमबहादुर चेम्जोङ छन् भने काेषाध्यक्ष सिर्जना राई,सचिव पूर्णकुमार नेम्वाङ ,सह-सचिव कर्ण राई रहेका छन् ।

त्यस्तै,सदस्यहरुमा भीमसेन लिम्बु,घनेन्द्र मगर,जगत लिम्बू पंख सम्हाम्फे(लिम्बू),अईनकला नेम्वाङ,श्रीबहादुर लिम्बू दिपन राई,तिलराज लिम्बू,बिष्णु राई,घनेन्द्रबहादुर लिम्बू,नैनसिंह लिम्बू,सबिता राई,तेनेहाङ लिम्बू,सनम लिम्बू र दलबहादुर लिम्बू सहितको समिति गठन भएको पार्टीका स्थानीय युवा नेता टिका सम्बाहाम्फे लिम्बूले जानकारी दिए ।
तत्कालीन संघीय समाजवादी पार्टी गाउँपालिका अध्यक्ष भुपाल राईको अध्यक्षतामा लिम्बुवान राष्ट्रिय समिति सदस्य कृष्ण बहादुर पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रिय लेखा समिति सदस्य डिएम आङ्देम्बे,प्रेस नेपाल प्रदेश १ सदस्य युद्धबहादुर बोहोरा,जिल्ला कमिटी सचिवालय सदस्य याम लिम्बू,सदस्य धनसिं राई ,सरोज राई लगायतले नवगठित समितिलाई बधाई सहितको शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच,तेजबहादुर लिम्बूकाे नेतृत्वमा २१ जनाकाे समाजवादी युवासंघ समेत गठन भएको छ ।
























































