पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि त्यसको प्रतिवादमा देशभर प्रदर्शन र बिरोध भइरहेको छ ।
सोही कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनको अवस्था सम्म पुगेको अवस्थामा फिदिममा पनि असन्तुष्ट पक्षले बिरोध जनाएको छ ।
बिहिवार साँझ सदरमुकाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका बिद्यार्थीहरुले गणतन्त्र चौकमा मसाल जुलुस प्रदर्शन गरे ।
असंबैधानिक कदमका विरुद्धमा सडक आन्दोलनमा जानु परेको भन्दै जिल्ला सदस्य दिपक दुलालले भने-यो देश ब्यापी आन्दोलन अन्तरगत हो । फिदिममा पनि त्यसैको निरन्तरता हो ।
हातमा मसाल बोकेका बिद्यार्थीहरुले संसद विघटन गर्नु असंबैधानिक भएको भन्दै नारावाजी गरेका थिए । ठुलाे संख्यामा भेला भएका बिद्यार्थीहरूले बिरोध जनाएकाे अनेरास्ववीयु निर्वाचन अायाेग केन्द्रिय सदस्य प्रदिप बाँस्काेटाले बताए । फिदिम टुडेबाट