पाँचथर : हाल देशमा देखिन थालेको पछिल्लो राजनीति घटना क्रम पछि अन्य पार्टीका कार्यकर्ताहरु तेस्रो राजनीति शक्तिको रूपमा उदयमान जनता समाजावादी पार्टी,नेपालमा प्रवेश गर्नेको लहर देशभर वृद्धि हुन थालेको छ ।
दुई तिहाई बहुमत प्राप्त नेकपालाई पाँच वर्षको लागि सरकार चलाउ जनताले जिम्मा लगाएको तर सत्ताको उन्माद संगै जनताको जनभावना विपरीत अघि बढ्दै आफ्नै पार्टी भित्र कलहको जरो गाडेर हाल उत्सर्गमा पुगे पछि कार्यकर्ता निराश बन्दै जसपामा प्रवेश गर्न थालेका हुन् ।
त्यस्तै ,प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँङ्ग्रेस नेकपा सरकारको गैरजिम्मेवारी कार्यको प्रतिवाद गर्नुको सट्टा अंशियार दाजुभाइ झैं हरेक नियुक्ति र अवसरमा बण्डा खोज्दै हातेमालो गरेको र कार्यकर्तालाई नै लज्जास्पद हुने खालको क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै कार्यकर्ताले पार्टी परित्याग गरिरहेको पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।
जनता समाजवादी पार्टी,नेपाल तुम्बेवा गाउँपालिका कार्य समिति पान्थरको समायोजन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माखिमले कार्यक्रमको सम्बोधन गर्ने क्रममा यस्तो कुरा बताउँदै नयाँ चयन भएको समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
हाल पार्टीको केन्द्रीय निति अनुसार देशका सवै जिल्लाहरुमा पार्टी समायोजन कार्यक्रम निरन्तर अघि बढिरहेको अवस्थामा हरेक ठाँउको अत्यन्तै उत्साहजनक उपस्थिति देख्दा अब साच्चिकै जनताले जसपालाई साथ दिनेमा विस्वस्त रहेको उनको भनाइ छ ।
समायोजन सम्पन्न पश्चात् पार्टीको केन्द्रिय समिति बैठक पछि देशव्यापीरूपमा प्रभावकारी ढंगले कार्यकर्ता प्रशिक्षणको अभियान संचालन गर्नेबारे नेतृत्वमा छलफल भइरहेको उनले जानकारी गराए ।
उक्त कार्यक्रममा नेकपा र काँङ्ग्रेस पार्टीबाट दर्जनौं कार्यकर्ता जसपामा प्रवेश गरेका थिए । फिदिम नगरपालिका वडा नम्बर १ मा पार्टी कार्यालय स्थापना लगायत जिल्लाका अन्य स्थानीय तहहरुका कार्यक्रममा पार्टी प्रति आकर्षण हुँदै संतोषजनक माहोल बन्दै गएको जिल्ला अध्यक्ष लक्ष्मणले लावती बताए ।
तुम्बेवा गाउँपालिकाको मौवामा भएको समायोजन कार्यक्रम मार्फत हर्क प्रसाद लावती, कुरार बहदुर लाओती, बालध्वोज लाओती, भुवानी प्रसाद लाओती, कबिता सम्बाहाम्फे, धनकुमार सम्बाहाम्फे, राजेन्द्र इम्सङ, सङ्गम इम्सङ, प्रकाश सोताङ राई, किरन चाम्लिङ, सन्दिप निछिरिङ राई, सुसन वान्तावा, रन्दिप दुङ्माली राई, उमेश दुङ्माली राई, रक्तिम दुङ्माली राई लगायत दुई दर्जन बढी नेकपा र काँङ्ग्रेस परित्याग गरि जसपा प्रबेश गरेको कार्यक्रमका विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।
समायोजन कार्यक्रमबाट रोशन लावतीको नेतृत्वमा १३ सदस्यीय समिति चयन भएको छ । उपाध्यक्ष दिलप्रसाद लावती,सचीव यादव कुरुम्बाङ,सह-सचीव अशोक राई कोषध्यक्ष स्मृति राई लगायत सदस्यहरु समितिमा चयन भएका छन् ।
रोशन लावतीको अध्यक्षतामा भएको उक्त कर्यक्रमा पार्टीका लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य झकेन्द्र लावती, लिम्बुवान राष्ट्रिय समितिका सदस्य गणेश चेम्जोङ तथा अन्य अतिथिले शुभकामना मन्तब्य राखेका थिए।जिल्ला सदस्य मिलन देवानले सचालन गरेको उक्त कार्यक्रम जसपा तुम्वेवा उपाध्यक्ष दिलप्रसाद लावतीले स्वागत मन्तव्य राखेका थिए ।