अहिले सम्मकै महँगो आलु बीउ

  नयाँ बुलन्द
0 Shares

माईजोगमाई : लेकाली किसानहरूको यतिबेला भ्याइनभ्याई छ । यो समयमा धमाधम बर्खे आलु रोप्ने बेला हो । तर लेकाली किसानहरुले बर्खे आलु रोन्ने समयमा पनि आलुको बीउ नपाएको कारण अझै रोप्न पाएका छैनन् ।

यो वर्ष कोरोना भाइरसको कारण भारती सब्जी नेपालमा आउन नपाएको कारण लेकाली आलु सब्जिको लागि तराईसम्म पुगेको र बाँकी रहेको आलु बीउ पनि आलु बिकास जौबारीले लिएको कारण अभाब भएको प्याङका लेकाली कृषक उदय बहादुर थेबे बताउँछन् ।

बीउ अभावसँगै बिउको मूल्य अहिले सम्मकै महङो भएको छ । हाल प्रतिमन ८ हजार ५ सय देखि १० हजारसम्म छ । तरपनि बीउ पाउन मुस्किल रहेको जमुनाका धर्मध्वोज गुरुङले बताए । बिगत वर्ष यहि समयमा प्रतिमन २ हजारदेखि २ हजार ५ सयमा पर्थ्यो । यसरी बीउ अभावले यो वर्ष आलु उत्पादनमा धेरै घट्ने निश्चित छ ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकाको माथिल्लो लेकाली किसानहरुको मुख्य नगदेबाली आलु मात्र भएकोले यो वर्ष बीउ अभाले धेरै चिन्तित बनाएको प्याङका आलु किसान रघु राई बताउछँन् । सधैंको वर्ष ३० मन हाराहारी रोप्ने राई यो वर्ष बीउ अभावमा ५ मन मात्र रोपेकोले वर्षदिनको घर खर्च कसरी टार्ने भन्ने कुराले पिरोलेको बताउँछन् ।

त्यस्तै प्याङका कुमार बुढाथोकी आलु प्यापार सँगै आफै धेरै आलु उत्पादन गर्छन् । तर यो वर्ष बाउ धेरै आएकोले पछि साथीभाइसँग पैंचो मागौला भनेर सबै चलाएकोले कहि बीउ नपाएकोले अहिले सम्म ३ मन रोपेर बाँकी वारि बाजो नै रहेको सुनाउँछन् । यो वर्ष अहिले सम्मकै महँगो आलु बीउ भएकोले धेरै किसानले किन्न नसकेर नरोपेको बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार