इलाममा इन्सेकको पूर्ववार्षिक समिक्षा

  नयाँ बुलन्द
0 Shares

इलाम : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम गरेको छ ।

बुधबार मानव अधिकार मंच नेपाल इलाममा आयोजना गरिएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोकिला ढकालले सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका प्रतिनिधिमूलक घटना समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदनमा जिल्लामा चार सय ८८ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको उल्लेख गरिएको छ । सन् २०१७ देखि अहिलेसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन सम्बन्धीका घटना भएका हुन् । यी घटनामध्ये सबैभन्दा बढी आत्महत्याको घटना भएको देखिएको छ ।

त्यस अवधिमा जिल्लामा बलात्कार, बहुविवाह, घरेलु हिंसा, आत्महत्या, कुटपिट, बालविवाह, जातीय विभेद, बलात्कारपछि हत्या, हत्या र मानव बेचबिखन जस्ता मानव अधिकार उल्लङ्घन सम्बन्धीका घटना भएका छन् ।

सन् २०१७ मा एक सय ७८, २०२० मा एक सय ४०, २०१८ मा एक सय ३७ र २०१९ मा ३३ घटना घटेका छन् । जसमा आत्महत्याका दुई सय ६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचविखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई/दुई र बालविवाह एक रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार