इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल जिल्ला तदर्थ समिति गठन

  नयाँ बुलन्द
0 Shares

इलाम : सुचनाको हकका लागि राष्ट्रिय संजाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ ।

मंगलबार इलाम सदरमुकाममा भएको सूचना अभियान्ताहरुको भेलाल रमेश पराजुलीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो ।

समितिका सहसंयोजकमा सुनिता खालिङ र सदस्य सचिवमा टीका खतिवडा चयन भएका छन् ।

सदस्यहरुमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजता सुनुवार, सोनु मुखिया, सुस्मा श्रेष्ठ र विक्रम सुन्दास चयन भएका छन् ।

सूचनाको हकको प्रचलन, प्रबर्द्धन र सम्बर्द्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो ।

सूचनाको हकका लागि राष्ट्रिय संजालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरण समेत गर्नेछ ।

संजालका प्रदेश १ सदस्य राम योङहाङको उपस्थितिमा जिल्ला समिति गठन भएको हो । जिल्लामा सञ्जाल र्निाणको जिम्मेवारी सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गरेका प्रदेश सदस्यलाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार