माङसेबुङमा नि:शुल्क रेविज विरुद्ध खोप संचालन हुँदै

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा नि:शुल्क रेविज विरुद्ध खोप संचालन हुने भएको छ ।

माङसेबुङ गाउँपालिका पशुसेवा शाखाको रेविज रोग नियन्त्रण कार्यक्रम अन्तरगत सबै वडामा नि:शुल्क रेविज विरुद्ध खोप संचालन हुने भएको हो ।

गाउँपालिकाले पुस १२ वडा नम्बर २ को वडा कार्यालयमा, १३ गते वडा नम्बर १ को वरभञ्ज्याङ आधारभूत विद्यालय र वडा कार्यालय, १४ गते वडा नम्बर  ६ को वडा कार्यालयमा, १५ गते वडा नम्बर ५ को वडा कार्यालयमा, १६ गते वडा नम्बर ४ को वडा कार्यालयमा र १७ गते वडा नम्बर ३ को चिवुवा स्कूल र शनिबारे बजार खलंगेमा सेवा लिन आउन अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार