भेडेटार -रवि- राँके सडकको काम समयमै सम्पन्न गर्न सरोकारवालाको अनुरोध 

  नयाँ बुलन्द  432 पटक हेरिएको

 

 

पाँचथर : धनकुटाको ६ न. बुधबारेमा भेडेटार- रवि-राँके सडक योजना सम्बन्धमा सरकार पक्ष, ठेकेदार र सरोकार पक्ष बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एक्जिम बैंक अफ इन्डियाबाट ८७% र नेपाल सरकारबाट १३% गरि ने. रु. ३,६५,८४,९५,५७२/- लागतमा कालोपत्रे ७ मिटर, सोल्डर दुबै तर्फ १/१ मिटर सहित ९ मिटर गरि जम्मा १००.३६७ कि. मि. लामो सडक एप्को इन्फ्राटेक प्रा. लि. लखनाउ, भारतले १९ नोभेम्बर, २०१८ मा सम्झौता गरि २०२२ सेप्टेम्बर २४ भित्रमा काम सम्पन्न गर्नु पर्नेमा अहिले सम्म १२.८३% मात्र काम सम्पन्न भएको छ ।

२०७५ फाल्गुन ३ गते गठित भेडेटार-रवि- राँके सडक निर्माण अनुगमन मुल समितिले समयमै काम सम्पन्न हुन नसक्नुका कारण सहितको सुची तयार गर्दै समयमै काम सम्पन्न गर्नका लागि नेपाल सरकार र ठेकदार पक्षलाई अनुरोध गरिएको सरोकारवालाका प्रतिनिधि जेन्टल लावतीले जानकारी दिए ।

सरकार पक्षको कमजोरीहरु:-
१. सामुदायिक बन भित्र पर्ने १३ कि. मि. सडक निर्माण गर्न सरकारले उचित वातावरण समयमै नगरेको,
२. ४ कि. मि. सडक भित्र पर्ने घरहरु ब्यवस्थापन गर्न सरकारले ढिलो गरेको,
३. दारे गौडा सडक बिबाद समधान गर्न नसकेको,
४. ईन्डियाबाट सडक निर्माणका लागि आउने ५१% समान नाकामा सरकारले टाइट गरेको
आदि ।

ठेकेदार पक्षका कमजोरीहरु
१. विवाद रहित ठाउँमा पनि काम ढिलो गरेको,
२. मापदण्ड अनुरुप काम नगरेको,
३. स्थानीय सरकार र सरोकार पक्ष सङ्ग समन्वय गर्न नसकेको,
४. जनशक्ति प्रयोग गर्न नसकेको,
५. पेटी ठेक्का गर्नेहरुलाई रकम भुक्तानी नगरेको
आदि ।
प्रदेश १ को आर्थिक मेरुदण्डका रुपमा लिएको भेडेटार, रबि, राके सडकले धनकुटा, मोरङ, इलाम र पान्थर जिल्लालाई समेट्छ । जुन बाटो समयमै सकिनु पर्दछ । यो र त्यो बहनामा सरकार पक्ष र ठेकेदार पक्षले विकासे कार्यहरू ढिला गर्न हुन्न भन्ने सरोकारवालाको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार