माङसेबुङ : इलामकाे माङसेबुङ ६ स्थित श्री चिसोपानी माध्यमिक विद्यालयमा बान्तावा भाषा शिक्षकको छनाेट भएकाे छ । जिल्लामै पहिलाेचाेटि प्रतिस्पर्धाबाट भाषा शिक्षक छनोट गरिएको हाे । साे बान्तावा भाषा शिक्षककाे लागि शान्ताकला राई छनाेट भएकी छिन् । वैकल्पिक शिक्षकको रूपमा गुञ्जकुमार राई छनाैट भएका छन् ।
लिखित र मौखिक परीक्षा लिई छनोट गरिएका ४ जना प्रतिस्पर्धी उम्मेदवारहरूमध्ये राई छनाैटमा परेकाे साेही विध्यालयका शिक्षक दिलमान सुब्बाले जानकारी दिए । अन्य उम्मेदवारहरूमा रश्मी राई, गुञ्जकुमार राई र सविना राई थिए ।
शिक्षक छनोट सोही विद्यालयमा कार्यरत रिपल राईले लिखित परीक्षा लिनुभएको थियाे। अन्तर्वार्तामा विषयविज्ञ रिपल राईसहित प्रधानाध्यापक तिलविक्रम सुब्बा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ज्योतिकुमार राई, गाउँपालिका शिक्षा शाखा प्रमुख टंक खरेलले लिनुभएको थियो ।
माङसेबुङ गाउँपालिकाकाे यस आर्थिक वर्षकाे बजेट कार्यक्रमबाट विद्यालयलाई अनुदान दिई भाषा शिक्षक नियुक्त गरिएकाे हाे। नियुक्त शिक्षकलाई गाउँपालिकाको अनुदानबाट प्रावि तहको तलबभत्ता दिइनेछ ।