रोङ : जिल्लाको रोङ गाउँपालिका ३ मा रहेको हाँसपोखरी अलैंची उत्पादक सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधारणसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्दै नयाँ कार्यसमिति चयन पनि गरेको छ । राजेन्द्र आचार्यको अध्यक्षतामा सदस्यहरू विष्णुप्रसाद बराल, गीतादेवी कट्टेल, रचना राई भुजेल, शुस्मा ढकाल, कमल गुरूङ र रितुकान्त भुजेल चयन भएका हुन् ।
सभाले लेखा तथा सुपरिवेक्षण समिति समेत गठन गरेको छ । मेनुका सुवेदी संयोजक रहेको समितिमा कमला बराल र आशा बुढाथोकी सदस्य रहेको सदस्य रितुकान्त भुजेलले जानकारी दिए ।
संस्थाको निवर्तमान अध्यक्ष राजकुमार लिम्बूको सभापतित्वमा भएको साधारणसभाको व्यवस्थापक नविन कट्टेलले सञ्चालन गरेका थिए ।