थप ८३० जनामा संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

  नयाँ बुलन्द
0 Shares

५१८१ जनाको पिसिआर परीक्षण गर्दा ८३० जनामा संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५१८१ जनाको पिसिआर परीक्षण भएको छ ।

नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १५०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार