शिक्षक हत्याकाे घटनालाई लिएर मानव अधिकार आयाेगकाे ध्यानाकर्षण

'आशङ्काकाे आधारमा पक्राउ गर्ने र यातना दिने काम नगराैँ'

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका १ मा हिजो सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै आयोगले व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति खेद प्रकट भएको जनाएको हो । साथै आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको विज्ञप्तिमा उल्लेख  छ ।

‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिो स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशङ्काको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने काम नगर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यस हत्याकाे जिम्मा लिइसकेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार