उचाई बढ्यो, शान बढ्यो !

  निनाम कुलुङ 'मंगले'
0 Shares

२३ मंसिरमा नेपाल सरकार र चीन सरकारका विदेशमन्त्रीहरुको संयुक्त भर्चुअल पत्रकार सम्मेलनले ‘चोमोलुङमा’÷‘एभरेस्ट’÷‘सगरमाथा’ को नयाँ उचाई घोषणा गरेको छ । अब चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई आठ हजार आठसय ४८ मिटरको सट्टा आठ हजार आठ सय ४८.८६ मिटर कायम हुने छ । यसरी अब चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को उचाई बढेसँगै हामी नेपालीहरुको पनि उचाई बढेको छ, हामी नेपालीहरुको शान र मान पनि बढेको छ !

वास्तवमा नेपालको नाम त्यसै अंग्रेजी भाषामा ‘हिमालय किङ्डम !’ रहेको होइन । किनभने, नेपाल सरहदमा आठ हजार मिटरभन्दा माथिका हिमाल १७ वटा, सात हजार पाँचसय मिटरदेखि आठ हजार मिटरसम्मका हिमाल ४० वटा, ६ हजार मिटरदेखि सात हजार पाँचसय मिटरसम्मका १२ सय ५३ वटा हिमाल र, पाँच हजार पाँचसय मिटरदेखि ६ हजार मिटरसम्मका १९ सय १३ वटा हिमालहरु रहेका छन् । (स्रोतः नेपाल पर्वत २०११ को अक्टोबर अंक) त्यस्तै समुन्द्र सतहदेखि नाप्दा हालसम्मको विश्वकै अग्लो हिम शिखर पनि सौभाग्यवश हामै्र देश नेपालमा रहेको छ, जुन हिमाललाई आम रुपमा (पर्वतारोहीहरुमाझ) सगरमाथा÷एभरेस्ट भनेर चिनिन्छ । जुन हिमालको आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नाम भने, ‘चोमोलुङमा’ हो । तर, पछि आएर यो हिमालले ‘एभरेस्ट’ अंग्रेजी नाम र ‘सगरमाथा’ खस नेपाली नयाँ नाम पाएको छ । पछिल्लोपटक त आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नाम ‘चोमोलुङमा’ भन्दा पनि विदेशीहरुमाझ ‘एभरेस्ट’ नाम र नेपाली (राज्यपक्ष !) हरुका माझ ‘सगरमाथा’ नामले नै बढी चिनिदै आएको छ प्रचारप्रसार हँदै आएको । खैर यो प्रसंगलाई यही छाडौं ।

लगभग दुई वर्षअघि नै नेपाल सरकारले चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई पत्ता लगाउनका लागि नापजाँचको काम गर्न तत्कालीन भुमि सुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई कार्यादेश दिएको थियो । तर, कोरोना महामारी लगायतका अन्य कारणले गत मंगलबार मात्रै ‘चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाईको घोषणा गरेको छ । अब ‘चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई आठ हजार आठसय ४८.८६ मिटर कायम रहेको छ । यसअघि नेपाल सरकारले आठ हजार आठसय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाई मान्दै आएको थियो भने, चीन सरकराले आठ हजार आठसय ४४ मिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो । त्यस्तै अमेरिका, युरोप लगायतका देशहरुले भने, सगरमाथाको उचाई आठ हजार आठसय ५० मिटर मान्दै आएको थियो ।

यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासका बारे र थोरै उचाईका बारे पनि कुरो गर्ने प्रयास गरिएको छ । ऊ वेला सगरमाथाको नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्ल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्से लगायत अन्य हिमालहरु अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरु र सगरमाथा लगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले ‘चोमोलुङमा’ भनी लेखेको÷बोलेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम –‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, सो वेला सर जर्ज एभरेस्ट सेवा अवधी सकिएर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिईएको हो । त्यस्तै ‘चोमोलुङमा’ को नयाँ खस÷नेपाली नाम सगरमाथा नाम भने, इतिहासकार बाबुराम आचार्यले राखेका हुन् ।

त्यस्तै ‘चोमोलुङमा’को उचाईका सम्बन्धमा पनि सुरु–सुरुमा एक रुपता थिएन । (अहिले पनि छैन !) कहिले आठ हजार आठसय ८८ मिटर, कहिले आठ हजार आठसय ४० मिटर, कहिले आठ हजार आठसय ५० मिटर, कहिले आठ हजार आठसय ७२ मिटर, कहिले आठ हजार आठसय ४४.४३ मिटर, कहिले आठ हजार आठसय ४८ मिटर आदि भनी प्रचारमा ल्याईने गरिन्छ । यस्तो काम बढी जसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरु र लेखकहरुले गर्ने गरेका छन् । जे होस्, अस्तिसम्म नेपालले मान्दै÷मान्यता दिदै आएको उचाई आठ हजार आठसय ४८ मिटर जुन छ, त्यो सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधार निकालिएको उचाई थियो । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा अभैm पनि (पोहोरसम्म) आठ हजार आठसय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि यसपटक नेपाल र चीन दुवै देशको ‘भद्र सहमति !’ आठ हजार आठसय ४८.८६ मिटर सगरमाथाको नयाँ उचाई कायम भएकोले गर्दा अबका दिनमा चीन तर्पmबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुलाई चीन सरकारले दिने प्रमाणपत्रमा ‘आठ हजार आठसय ४८.८६ मिटर’ नै कायम होला÷गर्ला भन्ने आशा गर्न सकिन्छ । स्मरणीय छ, गत मे को सिजनमा चीनले पनि आप्mनो तर्पmबाट सगरमाथाको नापजाँच गरी सकेको छ । त्यसो त सर्व प्रथम सन् १८५२ मा सगरमाथाको उचाई आठ हजार ४० मिटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरु) र देशै पिच्छे सगरमाथाको उचाई मान्न थालियो भन्ने पनि उल्लेख गरिएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाई आठ हजार ७२ मिटर लेखिएको छ भने, एक पे्रmन्च जोडीले लेखेको किताबमा सगमाथाको उचाई आठ हजार आठसय ४२ मिटर लेखिएको छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यु जिल्यान्डका एडमण्ड पर्सिभल हिलारीले सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा एक (सानो) बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला .(भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरुले सफलता पाउन सकेनन् । त्यस्तै सन् १९५२ मा पनि स्वीस टोलीले नेपालतर्पm बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए, उनीहरुले पनि सगरमाथा आरोहण गर्नमा पूर्ण रुपमा सफलता पाउन सकेनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा ८,५९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा ८,०१६ मिटरको उचाईसम्म पुग्न भने सफल भएका थिए । संभवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाईसम्म पुग्ने टोली त्यही नै थियो ।

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार