एन्फाको स्वास्थ्य समिति संयोजकमा खड्गी

  युद्धबहादुर बोहोरा  332 पटक हेरिएको

 

 

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वास्थ्य समिति संयोज पदमा निरोज खड्गी चयन भएका छन् ।

संघको गत जेठ १९ गतेको केन्द्रिय कार्यसमितिको भर्चुअल बैठकको निर्णय अनुसार उनलाई कार्यसमितिको बाँकी
कार्यकालको लागि संयोजक पदमा मनोनयन गरिएको हो ।

उक्त पदमा खड्गी मनोनयन भएसंगै नेपालको फुटबल खेलको विकास र विस्तारमा उनको महत्त्वपूर्ण योगदान हुने विश्वास सहित शुभकामना व्यक्त गरिएको पत्रमा उल्लेख छ ।

 

 

इलाम नगरपालिका-७ स्थानीय घर भएका उनि डेढ दशक देखि जिल्लाको फुटबल खेलको विकास गर्दै यस क्षेत्रमा प्रवेश गरेका हुन् । हाल उनी संघका केन्द्रिय सदस्य छन् ।

अन्तर्राष्ट्रिय अन्डर सिक्सिटन फुटबल प्रतियोगितामा म्यानेजरको रूपमा जोर्डन,मलेसिया,भारत,दक्षिण कोरिया,मलेसिया लगायतका मुलुकमा उनले प्रतिनिधिको भूमिका निर्वाह गरि सकेका छन् ।
दुई बर्ष अघि एन्फाको केन्द्रिय सदस्य बनेका उनी संघको युथ डेभलाेेपमेन्ट कमिटी सह-संयोजक समेत सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार