फाल्गुनन्दमा जडिबुटी खेती सम्बन्धि तालिम

  युद्धबहादुर बोहोरा
7 Shares

 

पाँचथर : फाल्गुनन्द-३,पौवासारतापको सानोसुकेमा जडिबुटी व्यावसायिक खेती सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
फाल्गुनन्द आयुर्वेद शाखाको आयोजनामा स्थानीय जडिबुटीको संरक्षण,रोपण,जडिबुटीको उपयोग गर्न अगुवा कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको आयुर्वेदिक औषधालयका प्रमुख तथा बरिस्ठ कविराज निरीक्षक राजु पराजुली जानकारी दिए ।
उक्त कार्यक्रममा महिला सदस्य गिता विश्वकर्माको अध्यक्षतामा नेपाल जडिबुटी महासंघ केन्द्रिय प्रतिनिधि शंकरध्वज नेम्बाङको प्रमुख आतिथ्य तथा पालिकाका लेखा प्रमुख चन्द्र सुब्बाको निरक्षणमा प्रशिक्षण सम्पन्न भएको थियो ।


कार्यक्रममा स्थानीय २९ जातका जडिबुटीको परिचय र खेती गर्न योग्य चिराइतो,लोटसल्ला,अर्घेली,टिमुर,बोझो,सर्पगन्ध,हर्रोबर्रो,तेजपत्ता,कुरिलो,पाखनबेत,सतुवा सिस्नु, लगायतका बनस्पतिको महत्त्व,खेती गर्ने प्राविधिक तरिका र उपयोग सहित आयुर्वेद स्वास्थ संस्थाबाट प्रदान गरिने सेवाहरुको पनि प्रशिक्षण गराइएको कविराज पराजुलीले बताए ।
जडिबुटी नर्सरी,उत्पादन,संकलन र प्रशोधन गरि निर्यात गर्न सरोकारवाला संग पहल गर्दै व्यवसायिक जडिबुटी उत्पादक कृषकलाई आर्थिक सहयोग,तालिम तथा प्रशिक्षण गराउने कार्यालयको योजना रहेको उनले बताए।

घरेलु जडिबुटी उत्पादनबाट स्वरोजगार साथै आर्थिक समृद्धिमा मद्दत पुर्‍याउन डिभिजन बन कार्यालय,राँकेले आवश्यक प्राविधिक सहयोग गर्ने प्रशिक्षण सहित कार्यक्रममा कार्यालयका सहाय बन अधिकृत रामनारायण यादवले जनाए।
कविराज पराजुली,बन सहायक अधिकृत यादव तथा वैध प्रमोद कुमार यादवले तालिमको सहजीकरण गरेका थिए।
नव बुद्ध जडिबुटी तथा कृषि समुह,गुफाडाँडा चाँपे सामुदायिक बन,भालुखोप सामुदायिक बन,अर्घेली सामुदायिक समुह, तीनचुले जडिबुटी उत्पादक तथा सहकारी संस्थाका सदस्य लगायत स्थानीय अगुवा कृषकहरु सहित २८ जना सहभागी थिए ।
उक्त कार्यक्रममा सहभागी जुटाउन र व्यवस्थापनमा नम बुद्ध समुहका प्रतिनिधि अनिस तामाङ र अर्घेली कृषि सहकारीका अध्यक्ष देउमान तामाङले सहयोग गरेका थिए।

प्रशिक्षणमा तीनचुले जडिबुटी उत्पादक तथा सहकारी संस्थाका अध्यक्ष पेम्बा शेर्पाले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार