सन्दकपुर बासिलाई सडक नवन्ने चिन्ता

बोलपत्र आव्हान भएको सात महिना वितिसक्दा पनि काम शुरु भएन

  नयाँ बुलन्द
7 Shares

 इलामको पर्यटकिय स्थल सन्दकपुर

इलाम : ‘हिउदमा त हिडेर भन्दा गाडीमा जान सजिलो छ तर बर्खामा गारो छ । सानोतिनो सरकारी कामका लागि पनि सदरमुकाम आउन दिन खर्चनु पर्ने पिढा हटेपनि कच्ची सडकको पिढा भने इलामेका लागि नौलो बन्न छोडेको छ । सदरमुकाम पुग्न नै झण्डै दिन भर हिड्नु पर्ने र अर्को दिन काम सकेर आउन मूस्किल पर्ने नियती खेपेका इलामका सन्दकपुर बासिका लागी सडक व्यवस्थापनमा तिब्रता नदिदा सास्ती उस्तै छ भने अर्को तिर सन्दकपुर जोड्ने सडकको एक खण्ड ठेक्का लागेर पनि सम्झौता नहुदा समयमा नबन्ने चिन्ताले पिरोल्न थालेको छ ।

सदरमुकामवाट सन्दकपुर सीमासम्म र मावु गुम्बावाट सन्दकपुरतर्फको काम भइरहे पनि बिच खण्डमा काम ढिलाई भएको हो । यति लामो समयसम्म पनि सडक नबनेकाले सडक नब्बन्ने हो की भन्ने चिन्ता थपिएको सन्दकपुर ५ मावुका दिपेश गुरुङले जानकारी दिए ।
इलामको पर्यटन विकासको कोसेढुङ्गा मानिएको इलाम सन्दकपुर सडकको कालोपत्रे गर्ने काम बोलपत्र आव्हान भएको सात महिना वितिसक्दा पनि सम्झौताभएर काम शुरु भएको छैन ।

पूर्वाधार विकास कार्यालय, झापाले बैशाख ११ गते इलामनगरपालिका वडा नं. ३ सुलुवुङको जिरो प्वाइन्ट देखि सन्दकपुर गाउ“पालिकाको मावुमा रहेको तिनकुने आसपास सम्म १२ किलो मिटर कालोपत्रे गर्ने कामको लागि बोलपत्र आव्हान गरेको थियो ।  १२ किलोमिटरको कालोपत्रे गर्ने कामको लागि सक्षम श्रेष्ठ जेभी काठमाण्डौले ३३ करोड ८ लाखमा टेन्डर लगाएको र हाल सम्म पनि पूर्वाधार विकास कार्यालयले आसयपत्र जारी नगरेको बोलपत्रआव्हान गरेको सात महिना वितिसक्दा पनि कार्यालयको तर्फबाट कामको सम्झौताको लागि कसैलाई नबोलाएको कम्पनीले जानकारी गराएको छ ।

कार्यलयको तर्फबाट गरिने सम्पूर्ण कामहरु पुरा गरेर स्वीकृतिको लागि काठमाण्डौ निर्देशनालय पठाएको तर अहिले सम्म स्वीकृत भएर नआएको पूर्वाधार विकाशकार्यालय झापाले जनाएको छ । स्वीकृत भएर आउनु पर्ने भए पनि कोभिडको कारणले ढिला भएको हुन सक्ने कार्यायको भनाई छ ।

कोभिडको कारण देखाउदै योजना काटिन सक्ने स्थानीयको आशंका छ । चालु आर्थिक वर्षमा पनि नेकपाको गुटका कारण इलाम १ संघ अन्तर्गतभकत योजना न्युन परेको अवस्थामा यो योजना पनि प्रभावित हुन सक्ने शंका बढेको स्थानीयको भनाई छ । यता सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राईले कुनै पनि हालतमा योजनाको काम नरोकिने दावी गरे ।

इलाम, पाँचथर भारतको दार्जिलिङको सिमानामा पर्ने ३६३६ मिटरको उचाइमा रहेको इलामको पर्यटकिय स्थल सन्दकपुरमा नेपालतर्फबाट पक्की सडक नपुगेकै कारणले भारतले फाइदा लिइरहेको छ । सन्दकपुरबाट हिमालहरुको साथै सूर्योदय र सूर्यअस्तको दृष्यअवलोकनसँगै जैविक विविधता र माईको शिरको दर्शनकालागि ठूलो संख्यामा पर्यटकहरु पुग्ने गर्छन् । यो सडकले सन्दकपुर गाउ“पालिकाका सुलुवुङ, मावु, जमुना, माइमझुवालगायतका क्षेत्रलाइ प्रत्यक्ष राहत पुग्ने गरेको छ । झापासहित प्रदेश १ मा १६ वटा यस्ता सडकको सम्झैता हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार