रोङमा अन्तर्राष्ट्रिय अपङ्गता दिवस मनाइयो

रोङ :   जिल्लाको रोङ गाउँपालिकामा आज २९ औं अपंगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको सञ्चालन संयुक्त अपाङ्ग संघ रोङका अध्यक्ष रमेश बरालले गरेका थिए ।  गाउँपालिकाका सबै वडामा रहेका अपङ्गता व्यक्तिहरू सहभागी रहेको कार्यक्रममा संयुक्त अपाङ्ग संघ रोङका संयोजक एवम् रोङ उपाध्यक्ष चन्द्रकला राईको अध्यक्षता , अध्यक्ष शमशेर राईको प्रमुख अतिथि र प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईको विशेष अतिथ्यता रहेको थियो ।

दिवसकाे अबसर पारेर गरिएकाे  वक्तृत्वकला प्रतियोगितामा शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख श्रुतिकुमारी तामाङ र सरस्वती माध्यमिक विद्यालयका शिक्षक सोमराज अर्यालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।  वक्तृत्वकलामा वडा नम्बर ४ का भिषण राई प्रथम , वडा नम्बर ३ का कल्पना भुजेल द्वितीय , वडा नम्बर २ का युवराज ढुङ्गेल तृतीय र वडा नम्बर १ का शेरबहादुर वान्तवा सान्त्वना भएको छ । विजेतालाई पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरेको थियो ।

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बराल , शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रमुख श्रुतिकुमारी तामाङ , लेखा शाखाका प्रमुख उर्मिला निरौला , महिला बालबालिका तथा समाज कल्याण विकास शाखाका प्रमुख रेनुका राई , स्वास्थ्य शाखाका प्रमुख नरेन्द्र देव लगायत वडा सदस्यहरूको अतिथ्यता रहेको   थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार