पुल उद्घाटन गर्न गएका काँग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेल प्रहरीको गिराफ्तारमा

  नयाँ बुलन्द
0 Shares

 

तनहुँ : तनहुँमा पुल उद्घाटन गर्न पुगेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ब्यास नगरपालिका सालघारीमा निर्माण हुन लागेको पुल उद्घाटनको बिषयमा तनाव भए पछि निषेधाज्ञा जारी गरिएको थियो । नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ ।
त्याहाँ दुई पक्षबीच झडप भएर थप दुर्घटना नहोस् भनेर पौडेलको सुरक्षाका लागि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।
अहिले पनि संभावित झडप रोक्न प्रयास भईरहेको प्रहरीले जनाएको छ । तनहुँ ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको हो ।-मिर्मिरेबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार