इलाम : फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ निवासी एक दम्पतीको २४ घण्टाको अन्तरालमा निधन भएको छ ।
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा कार्यरत एक कर्मचारी र उनको श्रीमतीको विराटनगर स्थित नोवेल हस्पिटलमा एक दिन अघिपछि मृत्यु भएको हो ।
करिब ४५ वर्षिय उमेरका पुरुषलाई स्वास्थ समस्या आएपछि मंसिर ८ गते इलाम अस्पतालले विराटनगरको नोवेल हस्पिटल रेफर गरेको थियो ।उनको स्वाव संकलको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि भ्यान्टिलेटरमा राखेर केहि दिन उपचार पश्चात् बाहिर निकालेर उपचार भइरहेको थियो।
श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमानको स्वास्थ्य अवस्थावारे श्रीमतीलाई जानकारी गरायो ।
श्रीमानको स्वास्थ अवस्था बुझ्न् हस्पिटल पुगेकी श्रीमती पनि श्वास फेर्न अप्ठ्यारो भएको जानकारी गराइन् र उनलाई अस्पताल लगियो ।उपचार हुन नपाउँदै उनको मृत्यु भयो ।उच्च रक्तचापको समस्या रहेको उनको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
श्रीमतीको हिजो अन्त्येष्टि गरिएको छ भने श्रीमानको विराटनगर नगरमै अन्तिम संस्कार गरिने भएको छ । एक छोरा भएका मृतक दम्पतीको निधनले सिङ्गो गाउँ अहिले शोकमा डुुुुुुुबेको छ ।