माईजोगमाईको नयाँबजारमा ग्लोबल आईएमई बैंक

  नयाँ बुलन्द
7 Shares

माईजोगमाई : माइजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा ग्लोबल आईएमइ बैकको उद्घाटन भएको छ ।  इलाम शाखाबाट बिस्तारित शाखारहित बेकिङ सेवाको उद्घाटन माइजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राइले गरे । माईजोगमाई गाउपालिकाबासीलाइ बैकिङ सेवा दिनको लागि आज कुन्दान पौडेलको अध्यक्षता तथा माईजोगमाई गाउपालिका अध्यक्ष राइको प्रमुख आथित्यता तथा ग्लोवल आईएइ बैक इलाम शाखाका शाखा प्रमुख पिताम्बर खड्काको बिशेष आथित्यतामा उद्घाटन भएको हो ।

माईजोगमाई गाँउपालिका १ नयाँबजारमा ग्लोबल आईएमई बैंकले शाखारहित बैंकिङ कार्यालय खोलेको छ । यो सहित ग्लोबल आईएमई बैंकको देशभरि २६४ शाखा, ४७ एक्सटेन्सन काउन्टर, २३२ शाखारहित, २३९ एटिएम पुगेको छ । ग्लोबल आईएमई बैंक ईलाम शाखा प्रमुख पिताम्बर खड्काले शाखारहित कार्यालयका प्रतिनिधि कुन्धन पौडेललाई बीएलबी मेशिन हस्तान्तरण गरे । उक्त कार्यालयबाट सिमित बैंकिङ सुबिधा प्रदान गरिने समेत पिताम्बर खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार