दुई देशमा चियाकाे ट्रेडमार्क

इलाम : चिया रोपणको एक सय ९७ वर्ष पछि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । सार्वजनिक लोगो बिश्वका दुई देशमा दर्ता समेत भएको छ । लोगो दर्तासँगै बिश्व बजारमा नेपाली चियाले प्रतिष्पर्दा गर्नसक्ने भन्दै चिया किसानलाई ढुक्क हुन चिया तथ कफी बिकास बोर्डले किसानलई आग्रह गरेको छ ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कायकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले चियाको लोगो बिश्वका दुई देशमा ट्रेडमार्क भइसकेको बताए । यस्तै बोर्डका सदस्य पुनम बान्तवाले अब चियालाई बिश्व बजारमा प्रतिष्पर्दा गराउन सक्ने गरि अघि बढ्ने बताए ।

यता इलाम नगपालिकाका प्रमुख महेश बस्नेतले बिश्व बजारमा चियाको जती धेरै माग बढ्छ उति नै धेर गुणस्तरिय चिया उत्पादनमा किसान लाग्नु पर्ने धारणा राख्ने । सरकारी चिया बगान निजि क्षेत्रलाई हस्तान्तरण गरेपछि चिया क्षेत्रमा समस्या भएको उनको भनाई छ ।
चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका छन् । यस तर्फ समेत स्थानिय सरकार, प्रदेश र केन्द्र सरकारले ध्यान दिनु पर्नेमा किसानहरुले जोड दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार