
सुनसरी : विश्व शान्ति महिला संघ नेपाल सुनसरी शाखाले इटहरी २ स्थित ‘माया घर नेपाल’ लाई अत्यावश्यक खाद्यान्न सामान र लत्ताकपडा सहयोग गरेको छ ।
कोभिड १९ को महामारीले मानव जीवनको अस्तित्व नै संकटमा परेको यो बिसम परिस्थितिमा आईआरएफएफ जर्मनीको आर्थिक सहयोग र विश्व शान्ति महिला संघ नेपाल सुनसरी शाखाले सहयोग गरेको हो ।
‘माया घर नेपाल’ को कार्यालयमा आयोजित एक कार्यक्रममा माया घरमा आश्रित बेसाहारा महिला र बालबालिकाको लागि आवश्यक सेनिटाजर, मास्क, हात धुने तथा लुगाधुने साबुन, जाडोमा ओढ्ने/ओछ्याउने तिन सेट फाइबर ब्लान्केट, डस्ना, तन्ना सिरानी तथा चार बोरा चामल, तिन बोरा भुजा, दाल, चिनी, तेल र तरकारी उपलब्ध गराएको विश्व शान्ति महिला संघ सुनसरी सदस्य जिवन चौधरीले जानकारी दिए ।
मानवता हराउँदै गएको बेला बिगतका बर्षहरुदेखिनै निरन्तर रुपमा विश्व शान्ति महिला संघ नेपाल सुनसरी शाखाले समय सापेक्ष र युगको माग अनुसार निशुल्क अँखा शिविर, किशोरीहरुलाइ निशुल्क स्वास्थ तथा यौन शिक्षा, स्यानेटरी वितरण, गरिव तथा बिपन्न बिद्यार्थि हरुलाइ स्कुल ड्रेस तथा न्यानो कपडा बितरण,मिर्गौला पीडित तथा जेहेन्दार विद्यार्थिहरु र वृद्ध आश्रमका वृद्धहरुलाइ आर्थिक सहयोग, विभिन्न महिला समुहमा महिला ससक्तिकरण सम्बन्धि गोष्ठी हरु संचालन गर्दै आइरहेको संस्थाकी सुनसरी सदस्य रचना सुब्बाले बताइन् ।
यो कोभिड १९ को महामारीले अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बेला यति ठुलो सहयोग गरेकोमा माया घर संचालन समितिको तर्फबाट सस्थाकी सचिव सुभद्रा प्याकुरेलले खुसी व्यक्त गर्दै खादा र मायाको चिनोले स्वागत गरि सहयोगी संस्था आइआरएफएफ जर्मनी र आयोजक संस्था विश्व शान्ति महिला संघ नेपाल सुनसरी शाखाका सम्पुर्ण पदाधिकारीहरुप्रती हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।
संस्थाकी सुनसरी अध्यक्ष सिता सुब्बा खापुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी आरटिआरके होटेल स्कुलका प्रबन्धक प्रेमकुमार सुब्बाले महिला दिदिबहिनिहरुको सक्रियतामा निरन्तर यस्ता खालका गतिविधि संचालन गर्नु विश्वको लागि आफैमा नमूना कार्य रहेको बताउँदै यसमा आफ्नो पनि पूर्ण रुपमा साथ र सहयोग रहने बताए ।
संघकि सुनसरी उपाध्यक्ष सुनिता थापाले स्वागत मन्तव्य राखेको सहयोग बितरण कार्यक्रम कोषाध्यक्ष बालकुमारी कार्कीले गरेकी थिइन् ।
























































