समाजसेवी प्रमिला खडकाले बाँडिन बृद्धबृद्धालाई फलफुल र हर्लिक्स

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिका वडा नं ७ निवासी समाजसेवी प्रमिला खडकाद्धारा आफ्नो ४५ औं बर्षको जन्मदिनको अवसर पारेर बृद्ध बृद्धालाई पोषिलो खाद्यन्न हस्तान्तरण गरेकी छन् ।

इलाम नपा १० स्थित माइभगवती बृद्धाआश्रममा पुगेर समाजसेवी खड्काले परिवारका सदस्यहरुसहित पोषणयुक्त हर्लिकक्स साथै फलफुल समाग्री हस्तान्तरण गरेकी हुन् ।

आजभोली जन्मदिन ठुलो धनराशि फजुल खर्च गरी मनाइने प्रचलनलाई चुनौति दिंदै खड्काले दुःखमा परेका र समुदायबाट बहिस्कार भएका पीडित बृद्धबृद्धाहरुलाइ आफनै आमाबुबा सम्झेर बितरण गरेको प्रतिक्रिया दिइन ।

उनले सबै मिलेर आफुले सकेको सामाजिक कार्य गर्नसके समाज परिवर्तन गर्न कठिन नहुने बताइन ।

आफना श्रीमान नेपाली काग्रेसका युवा नेता डम्बर खडकाको प्रेरणा र हौसलाले गर्दापनि समाजसेवामा सक्रिय भएको बताउदै उनले गरीब र दिनदुखीलाई सहयोग गर्नु मानव धर्म हो भनिन ।

उनले श्रीमानलाई समाजसेवा गर्न प्रेरित गर्दै आएको पनि प्रतिक्रिया दिइन । नेता खडकाले पनि आफ्नो जन्मदिनको अवसरमा जोगमाइ निवासी रक्त क्यान्सर पीडित गरीब एक बालकलाइ अस्पताल पुगेर रु ३१००० सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार