इलामको अब्बल जमुना

पर्यटन सँगसँगै खेलमा पनि अब्बल इलामको जमुना

इलाम । इलाम जति धेरै परिचत छ । त्यति नै परिचित छ त्यो जिल्लाभित्रको जमुना । जिललाको अब्बल पर्यटकीय क्षेत्रको रूपमा परिचित जमुना पर्यटकीय हिसाबमा सुन्दर देखिन्छ । प्राकृतिक सौर्यन्दर्यले भरिपूर्ण पर्यटकीय क्षेत्र भनेर जति जमुनालाई चिनाएको छ, त्योभन्दा बढी खेल पर्यटनले परिचत छ । आज पर्यटकीय क्षेत्रमा जति जमुनाले शिर उच्च बनाएको छ, खेल पर्यटन र जमुनाबासी सबैको लगावले गर्दा भएको हो । यसरी पर्यटकीय क्षेत्र चिनाउन र पर्यटकहरू ल्याउन यो ठाउँलाई सबैभन्दा धेरै फुटबल खेलले मद्धत गरेको छ ।

इलाम सदरमुकामसँगै जोडिएको सन्दकपुर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको जमुनामा जौवारी, हाँगेथाम, चोयाटार, चन्द्रपाल थेवे ढाप पोखरी, धनरूप पुल, गैरीवास र पुराना गुम्बाहरू भएको जमुनामा पहिले यसको चासो र महŒव नबुझँ्दा जमुना ओझेलमा थियो ।

एक दशकअगाडि जमुना इङला चोयाटारमा जब विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (हाब्रे) पाउन थालेको पत्रकार उमेश गुरुङ, विप्लव भट्टराई र कुमार गुरुङले पत्रपत्रिका र रेडियो टेलिभिजनबाट प्रचारप्रसार गर्न सुरु गर्नुभयो, तबमात्र नयाँ मान्छे रेडपाण्डा हेर्न आउन थालेसँगै जमुनाको प्रचार भयो । क्रमशः यसरी पर्यटकहरू रेडपाण्डा हेर्न आउन थालेपछि गाउँलाई आर्थिक लाभसँगै अन्य ठाउँमा पनि गाउँलाई चिनाउने माध्यम बन्दै जान थाल्यो । योसँगै विकासले पनि फड्को मार्दै जान थाल्यो । यो त सुरुवाती थियो जमुना चिनाउने मेसो ।

अहिले इलामकै सबैभन्दा अब्बल पर्यटकीय क्षेत्र भएको छ जमुना । कुनै पनि ठाउँलाई छिटो चिनाउन र प्रचारप्रसार गर्न खेल पर्यटनको भूमिका कति महŒवपूर्ण हुन्छ भन्ने कुरा जमुनावासीले प्रमाणित गरेर देखाएका छन् ।

जमुनाको वर्षेनी लाग्ने कागे मेलालाई खेल पर्यटनमा बदलेर वर्षेनी हुने फुटबल खेलले धेरै युवाको मन तानिने गरेको छ । यही खेलमा छिमेकी भारतीय खेलाडीहरूको पनि सहभागी हुने गरेकोले यहाँको प्रचारप्रसार भारतमा पनि हुने गरेको छ । आन्तरिक र बाहृय पर्यटकहरू जमुना आउने गरेका छन् ।

विशेषगरी जमुनामा इलामकै पहिलो धनरूप पुल र यसको बनावट, चन्द्रपाल थेबे ढाप पोखरी, चोयाटार आकर्षणका केन्द्र हुन् । हाँगेथाम र जौबारी घुम्नै पर्ने ठाउँ बनेको छ । यो सबै खेल पर्यटनको माध्यमबाटै सम्भव भएको हो । खेल पर्यटनले नै जमुनालाई चिनाएसँगै जमुनाबासीमा नयाँ ऊर्जा थपिएको छ । जमुनालाई अन्तराष्ट्रियस्तरमा चिनाउन जमुनामा अन्तर्राष्ट्रिय गजधार रंगशाला बनाउने काम भइरहेको छ । दुई वर्षमा सक्ने लक्षसहित थालिएको रंगशाला निर्माण कार्य सम्पन भएपछि जमुनालाई चिनाउन थप सहज हुनेछ ।

खेल पर्यटनमा लागिरहेकै कारण जमुनामा दुईजना युवा छिरिङ गुरुङ र दर्शन गुरुङ नेपाली राष्ट्रिय फुटबल टिममा पर्न सफल भएका छन् । आजसम्म यसरी एउटै गाउँबाट दुई÷दुईजना पर्नु इलामका लागि पहिलो हो । अन्य दुईजना यादव गुरुङ र मनिस गुरुङ जिल्ला खेलाडीमा छनोट भएका छन् । जमुनामा आगामी दिनमा धेरै राम्रा फुटबल खेलाडीहरू उत्पादन हुने सम्भावना देखिन्छ । यसबाट गाउँको विकास र गाउँलाई चिनाउन खेल पर्यटन आजको आवश्यता हो भन्ने प्रष्ट हुन्छ ।

सदरमुकाम इलाम बजारबाट करिब २२ किलोमिटर उत्तरमा रहको जमुना इलाम बजार र बिब्ल्याँटेबाट गाडी चढेर पुग्न सकिन्छ  । सूर्योदय नगरपालिकाको फिक्कलबाट नयाँबजार, प्याङ हुँदै ४० किलोमिटरको सडक यात्रा पार गरेर पनि जमुना पुग्न सकिन्छ । स्थानीय प्रयासमा पर्यटकीय क्षेत्रमा परिचित बन्दै गएको जमुनामा पर्यटकको आउजाउ बढेको छ । जिल्लाकै नौलो गन्तव्यका रूपमा विकास हुँदै गएको सो क्षेत्र जिल्लाकै मुख्य गन्तव्यको रूपमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार