इलामका १२ सहित प्रदेश १ मा ३ सय ७२ जना कोरोना संक्रमित थपिए

  नयाँ बुलन्द
0 Shares

विराटनगर :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ स ७२ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ३८ डिस्चार्ज भएका छन् ।मोरङमा १ सय ५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेर्हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १ सय २१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएकोछ ।

झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २–२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २८,धरानमा १३, रामधुनी र इनरुवामा ५–५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, तेर्हथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २ सय ८९ पुगेको छ । प्रदेश १ मा मंगलबार १ हजार २ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १ सय ४७ महिला र २ सय २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८६ हजार ९ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार