आइतराज लिम्बूलाई बचाउन परिवारद्वारा आर्थिक सहयोगको अपिल !

  नयाँ बुलन्द
28 Shares

क्यान्सर रोगी आइतराज लिम्बू ।

इलाम :  क्यान्सरसँग जुधिरहेका इलामको देउमाई नगरपालिका ७ सिद्धिथुम्काका १९ आइतराज लिम्बूलाई बचाउन उनका परिवारले अपिल गरेको छ ।

दुई वर्षदेखि खुट्टामा हड्डीको क्यान्सर भएर थलिएका लिम्बूको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवाले संचारमाध्यम मार्फत अपिल गरेका हुन् ।

हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत आइजराजको थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन् । उनलाई गत १६ कात्तिकमा पुन: अस्पताल भर्ना गरिएको परिवारजनले जनाएको छ ।

उनको खुट्टाको शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि निक्कै मोटो रकम आवश्यक पर्ने भएकाले आर्थिक सहयोगको अपिल गर्नुपरेको विरामीका बाबु हर्कबहादुर लिम्बू बताउँछन् ।

जनाको परिवार रहेको लिम्बूको घरको आर्थिक अवस्था समेत अत्यन्त कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सहयोग गरिदिन आग्रह गरेको  आर्थिक सहयोग संकलन अभियान्ता अल्फा राईले बताए ।

आइतराजको उपचारार्थ सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८१४९९७००३ मा सम्पर्क गर्न समेत अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार