बैतडीमा जिप दुर्घटना : ५ जनाको मृत्यु, ४ जना घाइते

  नयाँ बुलन्द
0 Shares

कैलाली : सुदूरपश्चिम प्रदेशको बैतडीमा जिप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ४ जना घाइते भएका छन् । झुलाघाटबाट गोठलापानीका लागि छुटेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिकाकी ७५ वर्षीया पार्वती चन्द, ७० वर्षीया पार्वती चन्द, ७७ वर्षीय भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ वर्षीया कलावती चन्दको घटना स्थलमै मृत्यु भएको छ ।

दिउँसो १ बजे भएको दुर्घठनामा घाइते भएका ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएको जिप्रका बैतडीले जनाएको छ । ज्यान गुमाउने र घाइतेहरु पेन्सनबुझेर फर्किएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार