प्रुडेन्सियल इन्स्योरेन्सद्वारा तेस्रो पक्ष बिमा दावी रकम भुक्तानी

  नयाँ बुलन्द
21 Shares

इलाम : निर्जीवन बिमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो पक्ष बिमाको दावी रकम भुक्तानी गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सले मोटर बीमा अन्तर्गत मोटरसाइकलका धनी  इलाम फाकफोकथुम गाउँपालिका फुएतप्पाका सीताराम पौडेललाई तेश्रो पक्ष विमाको ६० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सोमबार प्रुडेन्सियल इन्स्योरेन्स इलाम शाखामार्फत पौडेललाई ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । इलाम शाखाप्रमुख मानन्द पराजुलीले सो चेक हस्तान्तरण गरेका हुन् ।

गत ३२ जेठमा पौडेलको मे १ ज ६६३२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी इलामका पत्रकार रामकुमार लिम्बू (योङहाङ) घाइते भएका थिए । दुर्घटनामा घाइते योङहाङको क्षतिपूर्तिवापत तेस्रो पक्ष बीमा रकम भुक्तानी भएको हो ।

के हो तेस्रो पक्ष बिमा ?

आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्‍याएको अवस्थामा आईपर्ने आर्थिक जोखिम हस्तान्तरण गर्नु तेस्रो पक्ष बिमा हो । यस योजनाअनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पुर्‍याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनुपर्दैन ।

तर तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ । क्षतिपूर्ति भर्न नसकेको खण्डमा सजाय समेत भोग्नुपर्ने हुन्छ । तेस्रो पक्ष बिमालाई सरकारले अनिवार्य गरेको छ । सडकमा दुर्घटना भएको अवस्थामा पीडित पक्षले सडक जाम गरी अन्य यात्रुलाई समेत दुःख दिने हुँदा सरकारले १ भदौ २०६६ देखि तेस्रो पक्ष बिमा अनिवार्य गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार