फाल्गुनन्दमा अध्यक्ष कुरुम्बाङद्वारा कोभिड अस्थायी अस्पताल उद्घाटन

  युद्धबहादुर बोहोरा
0 Shares

 

पाँचथर : फाल्गुनन्द गाँउपालिकामा कोभिड अस्थायी अस्पतालको आइतबार उद्घाटन भएको छ ।

केन्द्र सरकारद्वारा महामारी नियन्त्रण तथा रोकथामको लागि प्रत्येक स्थानीय तहमा ५ शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निति अनुसार यस पालिकामा पनि संचालनमा ल्याइएको हो ।

आपतकालीन समस्य समाधानमा सहयोग पुर्‍याउन उदेश्यले गाउँपालिका अध्यक्ष बिरबहादुर कुरुम्वाङको प्रमुख आतिथ्यमा वडा नम्बर -४,राँके स्थित नेपाल रेडक्रश सोसाइटीको भवनमा अस्पतालको उद्घाटन गरिएको प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

कोभिड १९ को लक्षण देखिएका बिरामीलाई उपचार गर्दा जटिल समस्या आएमा थप उपचारको लागि अन्यत्र लान सहज होस् भन्ने हेतुले यातायातको सुविधा र कालोपत्र भएको बाटो नजिकै अस्पताल स्थापना गरिएको अध्यक्ष कुरुम्बाङले बताए ।
सामान्य अवस्थाका विरामी यहि अस्पतालमा राखि उपचार गरिने र आवश्यकता अनुसारको प्रविधि व्यवस्थापन गर्न पहल गरिने उनको भनाइ छ ।
हाल चार जनाको दरवन्दी रहने उक्त अस्पतालमा दुई स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहेका छन् भने डाक्टर तत्कालको लागि नरहने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार