रोङमा आधारभूत एकिकृत पाठ्यक्रम अभिमूखीकरण तालिम सुरु


रोङ : इलामको रोङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिने आधारभूत पाठ्यक्रम अभिमूखिकरण तालिम सुरु भएको छ ।

आधारभूत तह कक्षा १-३ को नयाँ संसोधित पाठ्यक्रम तालिममा गाउँपालिका भरिका सामुदायिक र  संस्थागत  आधारभूत तथा माध्यमिक विद्यालयका ३५ शिक्षकहरू सहभागी भएका छन् ।

सहभागी शिक्षकलाई नन्द माध्यमिक विद्यालय इलाम नगरपालिका १२ गोदकका प्रधानाध्यापक उमेश बुढाथोकी, शान्ति निकेतन नमूना माध्यमिक विद्यालय रोङका शिक्षक सुमन खतिवडा र शान्तिपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमलाल कार्कीले नयाँ पाठ्यक्रमको अभिमूखिकरण सम्बन्धि तालिम प्रदान गरिरहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्रुतीकुमारी तामाङले जानकारी दिइन् ।

तालिमको समापन दोस्रो दिन सोमबार शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ थापा मगरको उपस्थितिमा हुनेछ ।

तालिम स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम गरी पाथिभरा अतिथि भवनमा सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार