विद्यालय सञ्‍चालनमा अझै अन्योल

  नयाँ बुलन्द
0 Shares

इलाम : आवश्यक सुरक्षा अपनाएर बिद्यालय सञ्चालन गर्न पाइने भएको छ । जिल्ला कोविड १९ संकट व्यवस्थापन समिति इलामको आइतबार बसेको बैठकले आलो पालो सिफ्ट मार्फत बिद्यालय सञ्चालनका गर्न पाइने भएको हो ।

नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम नै बिद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ को पूर्ण कार्यान्वयन गरि बालबालिकाको शिक्षण सिकाई र परिक्षा तथा मुल्यांकन सम्वन्धी प्रक्रियालाई सहज तथा निरन्तर बनाउन सबै स्थानिय तहलाई अनुरोध गर्ने निर्णय भएको छ । बिद्यालयमा बिशेष गरेर बैकल्पिक माध्यमबाट बालबालिकालाई अध्यापन गराउन जोड दिन समेत आग्रह गरिएको छ ।

सरोकारवाला सहितको बैठकमा निजि तथा आवाशिय बिद्यालय प्याब्सन इलामका अध्यक्ष बिकास कर्माचार्यले बिद्यालय सञ्चालन गर्दा बिद्यार्थी वा शिक्षक शिक्षिकाहरु संक्रमित फेला परे त्यसको जिम्मा कसले लिने भन्ने प्रश्न गरे । उनले सो बैठकबाट चित्त बझ्दो उत्तर पाउन नसकेको समेत बताए । प्रदेश १ का भूमि व्यवस्था, कृषि, सहकारी राज्य मन्त्री रामबहादुर मगर रानासहितको बैठकमा उनँले बिद्यालय सञ्चालनमा अझै अन्योल कायम रहेको बताए ।

बिद्यालय सञ्चालनमा बिद्यालयले मापदण्ड पुरा गरि सञ्चालन गर्नुपर्ने प्रावधान छ । तर के के र कसरी गर्ने भन्ने अझ अन्योल छाएको छ ।

बढि बिद्यार्थी हुने र शहरका विद्यालयहरुमा सम्वन्धित बिद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षले स्थानिय तहको समन्वयमा महामारीबाट बच्ने गरि अघि बढ्न समेत आग्रह गरिएको छ । त्यस्तै हाल कोरेन्टाइन रहेका बिभिन्न बिद्यालयहरुलाई तत्काल हटाएर बिद्यालयलाई जिम्मा लगाउन निर्णय गरिएको छ ।

साथै कोरोना संक्रमितहरुको औषधि उपचार खर्च र स्वास्थ्य कार्यालय सँग सहकारी गरि स्थानिय तहले जिम्मेवारी लिनु पर्ने निर्णय भएको छ ।

त्यस्तै कोरोना संक्रमितको जिल्ला भित्र नै उपचारका क्रममा मृत्यू भए इलाम अस्पतालको शब बहान प्रयोग गर्ने र त्यसको खर्च सम्वन्धित स्थानिय तहले ब्यहोर्ने निर्णय भएको छ । उपचारका क्रममा जिल्ला बाहिर मृत्यू भए कसले जिम्मा लिने भन्ने अझै अन्योल रहेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईको अध्यक्षतामा बसेको बैठकमा राज्य राना, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, इलामका प्रहरी प्रमुख नविन राज राई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका उपाध्यक्ष सोम सुसेली, प्याब्सन इलामका अध्यक्ष कर्माचार्य, शिक्षा बिकास तथा समन्जय इकाई इलाम, नेपाली शेना, शशस्त्र प्रहरी लगायतका कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार