तेह्रथुम : जनता समाजवादी पार्टी, नेपाल तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाको समायोजन कार्य सम्पन्न भएको छ ।
समाजवादी पार्टी र राजपा बीचको एकतापछि गाउँगाउँमा समायोजन कार्य तीब्र रूपमा जारी रहेको बेला फेदाप गाउँपालिका समायाेजन भएकाे हाे ।
शनिवार आयोजित समायोजन कार्यक्रम मार्फत गंगा कुरुम्बाङकाे अध्यक्षतामा ३३ सदस्यीय समिति समायाेजन भएकाे हाे । समितिकाे उपाध्यक्षमा अर्जुन लिम्बू र निता लिम्बू, सचिवमा रन्जित लिम्बू, सहसचिवमा रेजिना नेपाली र कोषाध्यक्षमा योगेन्द्र जरेल चयन भएका छन् ।
सदस्यहरुमा दीक्षा नेपाली, विक्रम लिम्बू, गंगाप्रसाद कुरुम्बाङ, दिलकुमारी लिम्बू, भावना लिम्बू, भिमराज लिम्बू, सविना लिम्बू, रणध्वाेज लिम्बू लगायत छन् ।