रोङमा ‘जनताहरुको प्रश्न, सरोकारवालाको जवाफ’ कार्यक्रम

  एलबी याम्फू  170 पटक हेरिएको

रोङ : जिल्लाको रोङ गाउँपालिकामा जनताको प्रश्न, सरोकारवालाको जवाफ कार्यक्रम आयोजना गरिएको छ ।

गेटवे सर्भिस एण्ड टेक्नोलोजी विर्तामोड झापाको आयोजनामा भएको कार्यक्रममा रोङ गाउँपालिका वडा नम्बर १ र २  का ५० बढी जनताहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागी जनताहरुले स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी आदि विषयहरुमा प्रश्न गरेका थिए ।

कार्यक्रममा उठेका सवालहरुका जवाफ सरोकारवालाहरुको तर्फबाट वडा नम्बर १ का अध्यक्ष बुद्धिबहादुर ढकाल, सदस्यहरु उपेन्द्र न्यौपाने, लक्ष्मी नेपाली, महानन्द अधिकारि, शिक्षक नन्दलाल सिवाकोटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राजन राई, नेपाली कांग्रेसका लक्ष्मीप्रसाद दहाल, जनता समाजवादी पार्टीका देवकुमार राईले दिएका थिए ।

शान्तिपुर माध्यमिक विद्यालयको प्राङ्गणमा संचालन भएको कार्यक्रमको अध्यक्षता रोङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बुद्धिबहादुर ढकालले गरेका थिए । कार्याक्रमको संचालन अनिल वाग्लेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार