इलाम : जनता समाजवादी पार्टी इलामको समायोजन भएको छ । पूर्व समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीको समायोजन भएको हो ।
शनिबार इलाम सदरमुकाममा भएको पूर्व दुई पार्टी पूर्व समाजवादी पार्टी र पूर्व राष्ट्रिय जनता पार्टीका पदाधिकारीबीच समायोजन भएर जनता समाजवादी पार्टीको जिल्ला समिति घोषणा भएको छ ।
समायोजन पश्चात पूर्व समाजवादी पार्टीका अध्यक्ष कमल चाम्लिङको अध्यक्षमा नयाँ जिल्ला समन्वय समिति गठन भएको छ । समितिका उपाध्यक्षहरुमा बखतबहादुर आङदेम्बे, छिकिन तामाङ र मित्र देवान चयन भएका छन् ।
सचिवमा यामप्रसाद योङहाङ लिम्बू, सहसचिवमा मणीविक्रम लिम्बू, सुवास चौरासे र बिक्रम लिम्बू लेकुवा चयन भएका छन् । त्यस्तै कोषाध्यक्ष विनु राई चयन भएका छन् ।
जिल्ला कार्यकारिणी सदस्यहरुमा राजन सिगू, पंच आङदेम्बे, कृष्ण योङहाङ, धनसिंह राई, जितबहादुर कुमाल, ढालबहादुर गुरुङ, धनसिंह लिम्बू सिंघक, तारावीर लिम्बू, जसहाङ साउदेन, लेखनाथ खनाल र रंजित साङपाङ चयन भएका छन् ।
जिल्ला सदस्यहरुमा कुमार रुचाल, केशव लुइटेल, हरिचन्द्र योङहाङ, प्रकाश राई, रमेश राई, कृष्ण आङथुपो, रोशन योङहाङ, बलबहादुर आङदेम्बे, दृपदास राई, जलन आङबुहाङ, बौधन राई, केवी राई, दुरेन आङदेम्बे, हरि गुरुङ, राधा वर्देवा, रत्नबहादुर थेवे, राम लिङदम, शिल्पा चाम्लिङ, पवित्रा राई, सृष्टि खापुङ, मनु तुम्बाहाम्फे, गंगा सुनुवार, प्रशान्त राई, प्रतिक धिमाल छन् ।
त्यस्तै मनकुमार थुलुङ राई, तुलाराम वर्देवा, सादातसिंह लिङदेन, मनकुमार लिम्बू, सरोज पालुङवा, लेखराज राई, सूर्य राई, सरोज राई, सन्तोष राई, राम योङहाङ, रुपबहादुर मगर, तुलमाया इङनाम लिम्बू, कहरिसंह राई, ठगबहादुर फागो, सुनिल देवान, प्रकाश राई, मिलन सेरेङ, नरेन्द्रकुमार वनेम, आइतराज साम्बा लिम्बू, राम चाम्लिङ, संजय खाप्तुवा, रोशन राईलगायत छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मित्र चापागाईले जनता समाजवादी पार्टी नेपालको वैकल्पिक शक्तिको रुपमा उदय भएको घोषणा गरे । अबको वैकल्पिक पार्टीको रुपमा उदय भएको जनता समाजवादी पार्टीलाई कुनै शक्तिले रोक्न नसक्ने दावी गर्दै चापागाईले उच्च मनोबलका साथ पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । पहिचान र अधिकारका लागि लड्ने एकमात्र पार्टी जनता समाजवादी पार्टी भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने दावी गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रमदीप थाम्सुहाङ, राष्ट्रिय जनता पार्टी प्रदेश १ का संयोजक फक्ताङलुङ योङहाङ, सहसंयोजक वरकहाङ जवेगू, समाजवादी पार्टीका प्रदेश १ कोषाध्यक्ष विनोद नेम्बाङ, सदस्य लिलाबहादुर सुनुवार, लिम्बुवान राष्ट्रिय समिति सदस्य सुकवीर थामी र छिकिन तामाङ, प्रेस नेपालका केन्द्रीय सदस्य राम योङहाङ, गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार सुवास चौरासे राई र २ का उम्मेद्वार कृष्ण खत्रीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन तत्कालिन समाजवादी पार्टीका सचिव यामप्रसाद लिम्बू र स्वागत उपाध्यक्ष धनसिंह राईले गरेका थिए । कार्यक्रम पूर्व समाजवादी पार्टीका अध्यक्ष कमल चाम्लिङ र पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मित्र देवानको अध्यक्षतामा भएको थियो ।