पाउन छोड्यो आलुको बिउ

  लोकेन थेवे  134 पटक हेरिएको

माईजोगमाई : हिउँदे आलु रोप्ने समयमा आलुको बीउ नपाएकोले आलु किसानहरु चिन्तित बनेका छन् ।

यतिबेला हिउँदे आलु रोप्ने समय भएकोले सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्र (औल) मा यो बेला आलु रोप्ने गर्छ । यतिबेला हिउँदे आलु रोप्ने सिजन भएपनि लेकाली आलु बिउ यो वर्ष पहिले नै सकिएको कारण आलु बीउ पाउन छोडेको हो ।

यसरी बीउ पाउन छोडेकोले धेरै किसानहरुले थोरै मात्र आलु रोप्न पाएका छन् । धेरैले आ रोप्नकोलु लागि खनजोत गरेर मल बोकि तयारी गरेपनि बीउ नपाएर रोप्न पाएका छैनन् । लेकाली आलु किसानहरुले आफूले रोप्ने बीउ बाहेक धेरैले वर्सनि ५० मन माथि बीउ बेच्ने गरेतापनि विश्व महामारी कोरोना भाइरसको कारण भारतीय सब्जी नेपाल छिर्न नपाएकोले यो वर्ष लेकाली आलु राम्रो मुल्यमा तराईसम्म सब्जिको लागि लगेकोले बीउको हाहाकार भएको हो ।

यो वर्ष नेपालमा भारतीय सब्जी बन्द भएसँगै तराईमा सब्जीको अभाव भएकोले साउन-भदौमा सब्जीको लागि ब्यापारीहरुले लेकाली आलु घर-घरमै आएर तराईको बजार सम्म पुर्‍याएकोले पनि अहिले रोप्ने समयमा बीउ पाउन मुस्किल परेको किसानहरु बताउँछन् ।

केही दिन अगाडि प्रतिमन ५ हजार ५ सय रुपैयाँले आलु बीउ चलेपनि अहिले कुनै ठाउँ बीउ नपाइने माईजोगमाई ६ प्याङका अन्नप्रसाद राई बताउँछन् । उनले केही दिन अगाडी ३ दिनसम्म खोज्दा २ मन बल्ल पाएको बताउँछन् । अर्का आलु किसान डम्बरसिङ थेबेले पनि यो वर्ष बीउ राख्न पाएनन् । बीउ राख्ने आलु ब्यापारीले घरबाटै उठाएर तराइ पुर्‍याए । त्यसैले बर्सेनि आलु बीउ लाने आफ्नो ग्राहकहरुले अन्यत्रबाटै भए पनि बीउ खोजी दिन बाराम्बार आग्रह गरेकोले कहिँ बीउ नपाएकोले उनको निन्द्रा नै हरण भएको छ । धेरै किसानहरुले बीउ नपाएकै कारण आलु रोप्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार