सुधार हुनुपर्छ, गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठ

  निनाम कुलुङ ‘मंगले’
0 Shares

नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२÷०६३ को जनआन्दोलन–२ को राजनैतिक परिवर्तपछि (२०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’को रुपमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्न थाल्यो । त्यसका लागि गोरखापत्र दैनिक, गोरखापत्र संस्थान र त्यसबेला संंस्थानको महत्वपूर्ण विभागमा रहेर नेपालका विभिन्न जातजातिको मातृभाषामा सामग्री प्रकाशित गर्नका लागि सकारात्मक पहल गर्ने व्यक्तित्वलाई ढीलै भए पनि धन्यवाद दिनै पर्छ ।

वास्तवमा धेरै अघिदेखि नै राज्यले गर्नुपर्ने यो काम गोरखापत्र दैनिकले सुरु गरेकोमा फेरि पनि गोरखापत्र दैनिकका टिमलाई धन्यवाद दिनै पर्छ । त्यसैले ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ‘लाई सकारात्मक रुपमा लिदै बाँकी रहेका भाषाहरुमा पनि क्रमशः सामग्रीहरु प्रकाशित हँुदै जाऊन् भन्ने कामना गरौं । राष्ट्रिय जनगणना विसं २०६८ को तथ्यांकअनुसार नेपालमा एकसय २५ भाषा बोलिन्छ । ती मध्ये गोरखापत्र दैनिकले हालसम्म ३६ (अहिले अरु बढ्यो कि ?) भाषामा सामग्री प्रकाशित गर्दै आएको छ । तर, दुःखका साथ भन्नु पर्दा बहुभाषिक पृष्ठमा हाल प्रकाशित हुँदै आएको केही भाषाका सामग्री हेर्दा कतै नेपालका जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृतिलाई स्थान दिने नाममा दुरुपयोगका साथै फगत राजनीति मात्रै भएको त छैन ? प्रश्न उठाउन सकिन्छ ।

किनभने, गोरखापत्र दैनिकले हरेक जनगणनामा उल्लेख भएको र नेपालका भाषीका सम्बन्धमा अध्ययन गरेका प्रायः सबै अध्येताहरुले उल्लेख गरेको कुलुङ भाषा जो २०६८ मा भएको राष्ट्रिय जनगणनामा (जनसांख्यिक र भाषिक दुवै) को तथ्यांकमा उल्लेख भएको छ, कुलुङ मातृभाषामा सामग्री प्रकाशित गर्नका लागि गोरखापत्र दैनिकले कुलुङ मातृभाषाका लागि पनि अन्य भाषासरह अलग्गै पृष्ठ उपलब्ध गराओस् भनी विसं २०६५÷०६६ देखि नै कुलुङ समुदायका अगुवाहरुले गोरखापत्र दैनिकको कार्यलय धाई रहेका छन् । तर, दुःखको कुरो हालसम्म पनि कुलुङ भाषाको सामग्रीका लागि गोरखापत्र दैनिकले अलग्गै पृष्ठ उपलब्ध गराउन सकेको छैन । लोकतन्त्र र गणतन्त्रको यो युगमा पनि यस्तो विभेद हुनु भनेको वास्तवमै दुःखद पक्ष हो । विसं २०७३ असार १ गतेदेखि संस्कृत भाषामा, २०७३ काक्तिक २७ गतेदेखि बान्तावाभाषामा, २०७३ फागुन १७ गतेदेखि खस (जुम्ली) भाषामा (पछिल्लो समयमा अरु भाषाहरु थपिएको हुन सक्छ) गोरखापत्रको बहुभाषिक पृष्ठमा अन्य स्वतन्त्र भाषासरह अलग्गै पृष्ठमा सामग्री प्रकाशित हुन थालेको छ । जुन कामलाई राम्रै मान्नुपर्ने हुन्छ । त्यसबाहेक मारवाडीभाषा, मुगालभाषा, मेचेभाषा, मगहीभाषा, लगायत अन्य भाषामा पनि गोरखापत्र दैनिकको बहुभाष्कि पृष्ठमा (अलग्गै पृष्ठ) सामग्री प्रकाशित हँुदै आएको छ । निश्चय नै यो धेरै राम्रो पक्ष हो ।

कुलुङ जातिका बारेमा कुरो गर्नुपर्दा २०६८ को राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ रहेको छ भने कुलुङ मातृभाषीको वक्ता संख्याचाहिँ ३३ हजार एकसय २८ रहेको छ । त्यस्तै माथि नै उल्लेख गरेझैं नेपालमा आजसम्म देशी÷विदेशी (दुवै क्षेत्रका) खोज–अनुसन्धानकर्ता र विद्धानहरुले गरेको हरेक भाषिक सर्वेक्षण र, राज्य आफैले १०–१० वर्षमा गर्ने गरेको राष्ट्रिय जनगणनामा पनि कुलुङ भाषा कुनै जातिको उपभाषिका हो नभनेर अलग्गै र सार्वभौम सम्पन्न भाषाकै मान्याता दिँदै आएको छ । तापनि यहाँ खासमा कथित ‘राई’ जाति र राई भाषाको नाममा राजनीति भइरहेको छिपेको छैन ।

हुन त गोरखापत्र दैनिकले सुरुमै कुनकुन आधारमा र कसरी सम्बन्धित भाषाभाषीको सामग्रीहरु छाप्ने ? भनी मापदण्ड तयार गरेको भए धेरै राम्रो हुन्थ्यो । जस्तै गोरखापत्रको बहुभाषा पृष्ठका संयोजकले कति पढेको हुनु पर्ने ? उसले आफ्नो मातृभाषा जानेको हुनुपर्ने कि नपर्ने ? एक जाति, बहुभाषी राई ! भनेर आप्mनो मातृभाषा नै नजान्नेले अरुको भाषा कसरी जान्दछ÷बुझ्दछ ? भन्ने लगायतका बारेमा प्रस्टसँग मापदण्ड बनाउनु पथ्र्यो । यसरी हेर्दा गोरखापत्रमा बहुभाषिक सामग्री आउनु आफैमा राम्रो भए तापनि कडाईका साथ रेखदेख गर्ने निकाय नभएर पनि होला, बहुभाषाको नाममा कतिपय अवस्थामा मनपरी नै भैरहेको देखिन्छ । कतिसम्म भने, कतिपय भाषाका पृष्ठ संयोजकले आफ्नो मातृभाषा नै जानेको हुँदैन । जस्तो राई भाषाको पृष्ठ संयोजकलाई उदाहरणका रुपमा लिन सकिन्छ । किनभने, राई भाषाका पृष्ठ संयोजकले लेखेको आफ्नो मातृभाषा (चाम्लिङ !) को ‘जनजातिमो शाछाम्दाको सौन्दर्यशास्त्र’ लेख वा भनौं सामग्री टंकबहादुर राईले उल्था गरेका थिए । (प्रमाणका लागि २०६४ असोज ११ को अंंक हेर्नोस् ।) अर्को कुरो आप्mनै स्वतन्त्र अस्तित्व भएको भाषाहरुको पछाडि ‘राई !’ को फुर्को झुन्ड्याएर छापिने सामग्री आप्mनै मातृभाषा नजान्ने पृष्ठ संयोजकले कसरी बुझ्लान् कुरो आप्mनै स्वतन्त्र अस्तित्व भएको भाषाहरुको पछाडि ‘राई’ शब्द झुन्ड्याएर जस्तै थुलुङ राई, बाहिङ राई भनेर छापिने सामग्री ती राई भाषाका पृष्ठ संयोजकले कसरी बुझ्लान् ? भन्ने प्रश्न पनि छँदैछ । अरुको मातृभाषाको सामग्रीले सम्बन्धित जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, जीवन शैली आदिको बारेमा के लेखेको छ ? के बोलेको छ ? कसरी थाहा पाउने ? उता केही महिनादेखि भोटे भाषा ! भनी ३८ औं भाषाको सामग्रीको रुपमा गोरखापत्रमा छापिन सुरु भएको छ । तर, अचम्म ! भोटे भाषाको पृष्ठ संयोजक भने खगेन्द्र थापा भोटे ! रहेका छन् । के थापा भोटे ! वा भोटे ! थापा पनि हुन्छ ? यो विषय नेपालका मानवशास्त्रीहरुका लागि नयाँ खोज–अनुसन्धानको विषय हुन सक्छ । फेरि भोटे भाषा भनिए तापनि सामग्री पढ्दा (नबुझे पनि) तिब्बती वा शेर्पा, तामाङ, गुरुङ (भोट–बर्मेली भाषा परिवार) शब्द भन्दा धेरै बाजुरेली, जुम्ली, डोटेली, बैतडेली, बझाङी आदि शब्द बढी मिसिएको देखिन्छ । त्यसैले राजनीतिक पहँच र दवावभन्दा पनि निश्चित मापदण्डको आधारमा सामग्रीहरु छाप्नुपर्ने देखिन्छ ।

त्यसैले यो पंक्तिकारको सुझाव के छ भने, यदि गोरखापत्र दैनिकमा प्रकाशित हुने बहुभाषिक पृष्ठ अर्थात् नयाँ नेपालको पृष्ठ संयोजकले आफ्नो मातृभाषा जान्नु नपर्ने हो भने गोरखापत्र दैनिककै कुनै शर्मा, उपाध्याय, पण्डित, क्षेत्री, श्रेष्ठ … लाई संयोजन गर्न दिए भैहाल्यो ! त्यस्तै बहुभाषिक पृष्ठमै छापिएको सामग्रीको कुरो गर्दा २०६४ चैत १५ गतेको राई भाषाकै पृष्ठमा गणेश राई ‘चिन्तन’ भन्ने मान्छेको लेखमा वृद्ध शेर्पा–शेर्पेनी (जोडीद्धय) ले माने घुमाउंँदै गरेको फोटो छापिएको थियो । त्यो के हो ? शेर्पाको बारेमा राईले लेखेको लेख हो कि ? … त्यस्तै २०६६ जेठ ९ गतेको शेर्पाभाषाको पृष्ठमा अंग्रेजी भाषामा सामग्री छापिएको थियो । उता २०६४ चैत २१ गते राउँत भाषाका सामग्री भनेर पहिलो पृष्ठमा भनिएको भए तापनि भित्रको सामग्रीचाहिँं उरांँव भाषाको थियो । त्यसो त माघ १, २०७३ मा पनि माथि संस्कृतभाषा भनिए तापनि तल मगर भाषाको सामग्री छापिएको थियो । त्यस्तै राई भाषा भन्दै आएको पृष्ठलाई पनि माघ ३, २०७३ मा चाहिँ चाम्लिङ राई भाषा भनिएको थियो । यसरी हेर्दा बहुभाषाको नाममा एक किसिमले मनपरी नै गरेको देखिन्छ । कि यसलाई सामान्य मानवीय गल्ती मात्रै मान्ने ? प्रश्न छँदैछ । उता राई भाषा ! भनिदै आएको बान्तावा भाषाले पनि हाल प्रदेश नम्बर–१ का मुख्यमन्त्री हुनु भएका सम्माननीय शेरधन राई ज्यु तत्कालीन सूचना तथा सञ्चारमन्त्री हँुदा गोरखापत्र दैनिकमा अलग्गै पृष्ठमा छापिन थाल्यो । जबकि केही महिनापछि नै बान्तावा भाषाको पृष्ठको सामग्री बान्तावा राई ! भाषा भनी छापिन थालेको देखिन्छ । (थप प्रमाणका लागि बान्तावा भाषाको पृष्ठको पछिल्लो अंकहरु हेर्नुहोस्) यदि टाउकामा राई ! कै फुर्को झुन्डयाउने हो भने किन अलग्गै पृष्ठ छुट्टयाउने ?

त्यसैले अबका दिनमा गोरखापत्र दैनिकमा बहुभाषामा सामग्री आउँंदा गोरखापत्रको व्यवस्थापन पक्षले बहुभाषाको नाममा मनपरी हुन दिनु हुँदैन । किनभने, गोरखापत्र दैनिकमा बहुभाषामा प्रकाशित सामग्रीहरु भनेको भोलि इतिहासमा अभिलेखीकरण हुने काम पनि हो । त्यसैले गोरखापत्र दैनिक जस्तो पुरानो र लामो इतिहास भएको पत्रिकाको ईमान–जमान, विश्वसनीयता र पारदर्शिताका निम्ति पनि सम्बन्धित गोगरापत्र दैनिकमा प्रकाशित हुने हरेक भाषाका पृष्ठ संयोजकले कति पढेको ? वा नपढेको भन्दा पनि उसले कम्तिमा आफ्नो मातृभाषा जानेको होस्, भन्नेतर्पm सोच्नुपर्ने देखिन्छ । हन पनि एकछिन सोचौं त ! पृष्ठ संयोजकले नै आफ्नो मातृभाषा जान्दैन÷बुझ्दैन भने उसले कुन सामग्री कस्तो हो ? कतै प्रकाशित सामग्रीले सम्बधिन्त जातिको विरुद्धमा अफवाह पैmलने गरी पो लेखेको÷बोलेको छ कि ? अरु प्रति विद्धेष पो फैलाएको छ कि ? राज्य विप्लवको कुरो पो गरेको छ कि ? कसरी थाहा पाउँछ ? कि कसो हौ, कामरेडहरु ?

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार