रोङ : जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ४ मानाबुङ्गमा सञ्चालन भएको प्रथम महिला नक-आउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले हात पारेको छ ।
गत कार्तिक २८ गतेदेखि शुरू भएको फुटबल प्रतियोगितामा रोङ ३ को कुटीडाँडा र आयोजक टिम बीच फाइनल खेल भएको थियो । नाखोपाको टिमलाई पछि पार्दै आयोजक र कुवापानीलाई पछि पार्दै कुटीडाँडा फाइनलमा प्रवेश गरेका थियो । फाइनल खेलमा आयोजक टिमले दुई एकको अन्तरले उपाधि प्राप्त गरेको हो ।
फाइनल तथा समापन कार्यक्रम मानाबुङ्ग स्टार युनियनका अध्यक्ष मनबहादुर राईको सभापति रोङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सूर्य राईको प्रमुख अतिथि तथा अतिथिहरू जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नरबहादुर खवास , वडा नम्बर ५ का खेल प्रशिक्षक विशाल खाप्तुवा रा , तेक्वान्दो प्रशिक्षक राजन गुरूङ ,सन्तोष राई, पाथिभरा क्षेत्र विकास कोषका सचिव दिलिप राई रहेको कार्यक्रमको स्वागत मन्तव्य युनियनका सदस्य निर्मल राईले गरेका थिए भने शुभकामना मन्तव्य अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नरबहादुर खवासले गरेको थियो ।
प्रतियोगिताको विजेता टिम आयोजकले नगद १५ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र र उपविजेता टिम कुटीडाँडाले नगद १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।