किराती खम्बुका सन्तानहरुः ‘राई बन्ने कि राउटे ?’

  निनाम कुलुङ ‘मंगले’
0 Shares

केही महिनाअघि ‘ई नयाँ पुस्ता अनलाईन’मा (विसं २०७७ असार २७ गते) राई जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र जिल्ला प्रशासन कार्यलय काठमाण्डौ रजिस्टर्ड नम्बर ‘जिप्रकाकारनं’–३२८÷०४९÷०५०) का पूर्व उपमहासचिव र महासचिव भई सकेका एवम् वर्तमान कार्यकालको उपाध्यक्ष जीवन हाताचो राई (असलीयतमा हुनुपर्ने चाहिँ जीवन हाताचो वाम्वुले हो । किनभने, हाताचो भनेको वाम्बुलेको थर हो, बाहुनको बराल, छेत्रीको कार्की कुलुङको लोवात्ती भने जस्तो तर…) ज्युको अन्तर्वार्ताको शीर्षकमा भनिए भैmँ ‘किरात सिंगो देशको गर्विलो इतिहास हो ।’ तर, ‘राई यायोक्खा नामक एनजिओ का वर्तमान उपाध्यक्ष जीवन हाताचो ‘राई !’ ज्यु लगायत राई जातिवाला अन्य राई कामरेडहरुले अहिलेसम्म दिनुपर्ने नठानिएको वा नदिईएको प्रस्टीकरण वा जवाफ के हो भने, ‘राई !’चाहिँ किरात हो नै कसरी ? किनभने, राई जात वा जाति नै होइन । यो त नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरात भूगोल र किरातीहरुलाई फुटाएर जस्तै वल्लो किरात, माझ किरात र पल्लो किरात÷लिम्बुवान बनाएर त्यहाँका स्थानीय प्रभावशाली व्यक्तिहरुलाई हातमा लिएर तत्कालीन शासकहरुले स्थानीयस्तरमा शासन गर्न दिएको पगरी वा पगरी मात्रै हो भने, हिजोसम्म (भूमिसधार ऐन गाउँ–टोलसम्म लागू नहँुदासम्म) हामी जस्ता सर्वसाधारण जनता अर्थात् रैतीले आप्mनो नामको पछाडि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ लेख्न पाउँदैन थिए । उनीहरु आप्mनो नामको पछाडि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ लेख्दा असली ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ अर्थात् तालुकदार÷जिम्मावालहरुले “तैँले नपाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ किन लेखिस् ?” भनेर आप्mनो रैतीहरुलाई नगद लगायत आर्थिक जरिवाना गर्ने र ठिँगुरोमा हाल्ने गर्थे ।

स्मरणीय छ, यी ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’हरुलाई ‘जिम्मावाल’ वा ‘तालुकदार’ पनि भन्ने गरिन्थ्यो भन्ने त माथि नै उल्लेख भएको छ । त्यसरी ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ पदवी वा भनौं पगरी पाएका असली ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’का जेठो छोरोहरु अहिले काठमाण्डौमै जत्ति पनि भेटिन्छन् । उनीहरुलाई भेटेर, सोधखोज गरेर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदि पदवी वा भनौं पगरीबारे वास्तविकता के हो ? बुभ्mन सकिन्छ, मेरो कुरोलाई नै ‘सोह्रै आना सही हो !’ भनी मान्नु पर्छ भन्ने छैन ! । जे भएता पनि कथित् ‘राई !’ जातिको नाममा खुलेको ् ‘राई !’ यायोक्खा नामक एनजिओ (स्मरणीय छ, ‘यायोक्खा’ बान्तावा जातिको भाषा हो, कुनै माइकालाल राईको भाषा होइन ।) का नेतृत्व तहमा बसेका राई सर र राईनी म्याडमहरुले राई के हो त ? भन्ने बारेमा आम सर्वसाधारणलाई प्रस्ट्याउनैपर्ने हुन्छ । किनकि आगामी १२ औं राष्ट्रियय जनगणना सन्निकट (विसं २०७८ मा) आउँदैछ । हुन पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा विसं २०५८ को जनगणनाको तुलनामा १५ हजार चानचुन मात्रै कथित् राई ! जातिको जनसंख्या घटेको थियो । त्यस्तै विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा राईको भाषा १ लाख ५९ हजार चानचुनमा झरेको छ । स्मरणीय छ, विसं २०५८ को जनगणनामा कथित् राईको भाषा ३ लाख ७१ हजार चानचुन रहेको थियो । तर, आगामी राष्ट्रिय जनगणनामा राईको जनसंख्या र भाषा कति अंकले घट्ने हो ? अहिले नै केही भन्न सकिने अवस्था छैन । तर, यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’को विचारमा मानिसको चेतना पछाडि फर्किएन भने राईको जनसंख्या हालको भन्दा कम्तिमा पनि आधाले घट्ने देखिन्छ, भने राई भाषा त लगभग १०÷१२ हजार मात्रै रहने स्थिति छ । अहिले नै पनि राईकरणमा परेका जातिहरु जस्तै आठपहरिया, कुलुङ लगायत १२ वटा किराती खम्बुका सन्तानहरु जो असलीयतमा राई होइनन्, उनीहरु अलग्गै जातिका रुपमा आएका छन्, अलग्गै भाषीका रुपमा आएका छन् ।
हुन पनि आजभोलि आम मानिसहरुबीच ‘राई !’ भनेर चिनिने वा भनौं आम रुपमा ‘राई !’को पहिचान बनाएका तर, असलीयतमा जरा खोज्दै जाँदा किराती महाजातिभित्रको ‘खम्बु’को सन्तानहरु अब आएर आप्mनो असली जातीय स्वपहिचान ‘खम्बु’ र ‘खम्बु’भित्रका आठपहरिया, कुलुङ, बान्तावा, मेवाहाङ आदि भनी आप्mनो वास्तविक जातीय स्वपहिचानले चिनिने कि ? हाम्रा पिता–पूर्खाले हिजो–अस्ति (नेपाल एकीकरणपछि) पाएको राई पदवी÷पगरीलाई जबर जस्ती जाति भनेर÷मानेर चिनिने ? प्रश्न टड्कारो र गम्भीर रहेको देखिन्छ, खास गरी किराती समुदायका पनि खम्बुका सन्तानका पुस्ताहरु, जो पढा–लेखाका साथै वास्तविकता बुभ्mने बुझक्कीहरु छन् ।

त्यसैले अब ‘खम्बु’का सन्तानहरुले ढीला नगरीकन आप्mनो असली जातीय स्वपहिचान ‘खम्बु’ र ‘खम्बु’भित्रका कुलुङ, बान्तावा, साम्पाङ, आदि छाडेर नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको ‘राई !’ पगरी (जिम्मावाल÷तालुकदार भनिन्थ्यो) लाई नै जात वा जाति मान्ने ? औपचारिक रुपमा पत्रकार सम्मेलन गरेरै कित्ता काट गर्नुपर्ने देखिन्छ । आप्mनो असली जातीय स्वपहिचान खम्बु’ र ‘खम्बु’भित्रको कुलुङ, साम्पाङ आदिलाई छाडेर आत्मघाततिर लाग्न् ठीक हँुदैन । फेरि आदिवासी हुनलाई ऐतिहासिक भूमि, मातृभाषा, हामी भन्ने भावना, भेषभुषा, परम्परागत कानुन, चालचलन आदि हुनुपर्ने हुन्छ । यसरी हेर्दा अहिलेसम्म नेपालमा कोही छुट्टै ‘राई !’ जात वा जाति देखिएको छैन । बरु जानेर÷नजानेर कुलुङ, साम्पाङ, मेवाहाङ आदिकै टाउकामा (नामको पछाडि) ‘राई !’को फुर्को झुन्ड्याएर फलानो ‘राई !’, ढिस्कानो ‘राई !’ भनिँदै आएको छ । जुन सरासर गलत छ । त्यस्तै यसरी जबरजस्ती कुलुङ, साम्पाङ, मेवाहाङ आदि जातिको टाउकामा ‘राई !’ को फुर्को झुन्ड्याएर फलानो ‘राई !’, ढिस्कानो ‘राई !’ भनेर जाँदा भविश्यमा ती किराती जातिहरुको जातीय अस्तित्व र पहिचान नै नामेट वा लोप भएर जाने स्थिति देखिन्छ ।

स्वदेशी विदेशी लेखक तथा इतिहासकारहरुले किरातीहरुका बरेमा अनेकौं किताब लेखेका छन् । किरातीहरु वास्तवमा प्राचीन भारतीय उपमहाद्धीप र नेपालको अति प्राचीन महाजाति हो । प्राचीन संस्कृत साहित्यहरु जस्तै ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न अभिलेखहरुमासमेत किराती जातिहरुका बारेमा उल्लेख भएको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, ब्राम्मण साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि धर्म ग्रन्थहरुमा पनि किरात जाति छुटेका छैनन् । किरात वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, त्यो वेला हालको भारत, चीन, भुटान, म्यानमार, नेपाल लगायतका भू–भागहरुमा पनि किरातहरु अस्तित्वमा थिए ।

कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएका किरातीहरु अहिले आएर आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित क्षेत्रमा बाँकी रहेका छन् । आपूmलाई खुलेर किरात÷किराती भनी दावी गर्ने जातिहरु नेपालको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्रको सानो भू–भागमा रहेका केही जातिले मात्रै छन्, जसले आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँछन् । तर, उनीहरुलाई पनि ‘राई!’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका कारण उनीहरुको असली किराती पहिचान ओझेलमा परेको÷पर्न लागेको छ । ‘राई !’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका÷‘करण !’ मा परेका किरातीहरुमा सबैभन्दा बढी खम्बुका सन्तानहरु देखिन्छन् । जस्तै कुलुङ, बाहिङ, साम्पाङ आदि । हुन त हाल आएर मेत्नाहाङका सन्तान लिम्बुले आप्mनो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । त्यस्तै लाङलेवाका सन्तान कोईँच (सुनुवार) ले पनि आप्mनो जात ‘मुखिया’ हो भनी लेख्न छाडीसके । उता मेवाहाङका सन्तान याक्खाले पनि आप्mनो जात ‘देवान’ वा ‘जिमी’ हो भनी लेख्न छाडीसके । सबैभन्दा धेरै ‘करण !’ मा खम्बुका सन्तानहरु परेका छन् । त्यसमा पनि बान्तावा जाति अझ बढी राईकरणमा परेको देखिन्छ ।

जस्तो कि विसं २०६८ को जनगणनाअनुसार, बान्तावा जातिको जनसंख्या ४ हजार ६०४ जना रहेको छ । तर, सो जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या भने, २८ हजार ६१३ जना रहेको छ । कुलुङ भाषाको भाषा वक्ता संख्या भने लगभग पाँचहजार बढी अर्थात् ३३ हजार १७० जना रहेको छ । उता बान्तावाको भाषा वक्ता संख्या भने १ लाख ३२ हजार ५८३ जना छ । स्रोतः ‘केतवि ‘स्टाटिकल पकेट बुक अफ नेपाल–२०१४ ।’ अब तपाईँ नै भन्नोस्, बान्तावाको जनसंख्या र भाषा वक्ता संख्यामा त्यत्रो फरक कसरी आयो ? के बान्तावा भाषा नेपालका अन्य जातजाति जस्तै बाहुन क्षेत्री, दमाई, सार्की, लिम्बु, गुरुङ, माझी, राउटे, राजी आदिले पनि बोल्छन् ? अर्को तथ्य भनेको विसं २०६८ को राष्ट्रिय जनगणनामा जेरो÷जेरोङ, तिलुङ, दुमी, कोयु, पुमा आदिको एक जना पनि जनसंख्या उल्लेख भएको छैन । के उनीहरु यो देशमा बस्दैनन् ? यो विषयमा पनि वास्तविकता के हो ? राई जातिवालाहरुले गम्भीर भएर जवाफ दिनुपर्ने हुन्छ ।

हुन त विसं २०५७÷०५८ देखि किराती खम्बुका सन्तानहरुमध्ये कुलुङ जातिका अगुवाहरुले ‘राई’ जात वा जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘पदवी÷पगरी’ (‘राई !’ लाई “तालुकदार”, “जिम्मावाल” भनिन्थ्यो) जातिको रुपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौं ! भनी आन्दोलन र जनवकालत सुरु गर्यो । त्यसका लागि जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने कामहरु भए । साथै विभिन्न राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट गर्ने र आदिवासी जनजाति सूचीमा कुलुङ जातिलाई पनि अलग्गै जातिको रुपमा सूचीकृत गर्नका लागि लबिङ गर्ने कामहरु भए । यसरी राजनैतिक दल र तिनका नेताहरुसँग पटक–पटक भेटघाट गर्ने र ज्ञापनपत्र दिने, हाम्रो माग पूरा गराउन प्रविद्धता जनाउन लगाउने कामहरु पनि पटक–पटक भएका थिए । तर, राजनैतिक दल र नेताहरुले हाम्रो मागलाई गम्भीताका साथ लिएनन् । फलतः हाम्रो माग अहिलेसम्म पनि जारी रहेको छ । त्यसै क्रममा अचानक माघ १९ को घटना घट्यो, सो घटनाबारे राजनीतिमा रुची राख्ने सबैलाई थाहा भएको कुरो हो । त्यसपछि पनि बाहिङ, कुलुङ, चाम्लिङ, नाछिरिङ र लोहोरुङ गरी पाँच किरातीहरुको संस्था (बाकुलोचाना) ले आप्mनो जातीय स्वपहिचानको मागलाई त्यागेन । आप्mनो मागलाई फेरि पनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पेश गर्यो । किनभने, प्रतिष्ठान ऐनको कुनै दफाको (…) ले जो व्यक्ति प्रधानमन्त्री हुन्छ, उही व्यक्ति प्रतिष्ठानको अध्यक्ष पनि हुन्छ भनेर किटानी साथ बोलेको छ । वास्तविकता यस्तो हुँदाहुँदै पनि राईवाला कामरेडहरुले ‘कुलुङ जातिका अगुवाहरुलाई दरबारमा जात माग्न गएको !’ भन्ने फत्तुर लगाएरै छाडेका थिए ।

निश्कर्षमा भन्नु पर्दा ठूलो जमात देखाउने नाममा आप्mनो असली जातीय स्वपहिचान खम्बु’ र ‘खम्बु’भित्रको आठपहरिया, कुलुङ, बान्तावा आदिलाई छाडेर राई ! बन्ने आत्मघाततिर लाग्न्भन्दा बरु आप्mनो असली जातीय स्वपहिचान र पूर्खाहरुले सुरुदेखि चर्चेको ऐतिहासिक भूमि, भाषा, भेषभुषा, धर्म, परम्परागत कानुन, चालचलन, रीतिथिति, हामी भन्ने भावना आदिलाई स्थापित गर्दै र बचाउँदै राउटे ! नै बन्ने हो ? विचार गरौं है, राईवाला कामरेडहरु ! किनभने, आगामी १२ औं राष्ट्रिय जनगणना सन्निकट (विसं २०७८) आउँदैछ । हुन त धेरैलाई नेपालको फिरन्ते जाति ‘राउटे !’ बारे थाहा रहेछ । तर, सोनाहा, नुराङ, कुसुन्डा, … लगायत अन्य थोरै संख्या भएको जाति बारेचाहिँ थाहा रहेन छ ! र नै त राउटे बन्ने हो ? भन्छन् विचरा ‘अति जान्ने सुन्ने (अजासु) हरु !’ तर, कुसुन्डाको अस्तित्व भएकैले गर्दा नै तनहँुका ‘राजा मामा’ अर्थात् कुसुन्डा कान्छाको विवाह राज्यले नै काभ्रेको इन्द्रमाया तामाङसँग गराई दिएको थियो, विसं २०५५÷०५६÷०५७ ताका । यदि ‘राजा मामा’ अर्थात् कुसुन्डा कान्छाले पनि म “–‘राजा मामा’ अर्थात् ‘कुसुन्डा’ होइन, शाही बन्छु, ठकुरी बन्छु, बाहुन बन्छु, छेत्री बन्छु ! ठूलै जात वा जाति बन्छु !!” भनेको भए नेपालमा ‘कुसुन्डा’ भन्ने जाति हालसम्म रहने थियो ? हुन त ‘राजा मामा’ अर्थात् कुसुन्डा कान्छा र इन्द्रमाया तामाङ दम्पतीलाई राज्यले घर पनि बनाई दिएको छ । र, पहिलो सन्तान छोरी जन्मेको पनि यो पंक्तिकारलाई थाहा छ, त्यसपछि सन्तान भयो, भएन ? छोरो भएको÷नभएकोचाहिँ यो पंक्तिकारलाई थाहा भएन । खासमा कुरो यस्तो छ, राई जातिवाला कामरेडहरु ? त्यसैले आप्mना असली जातीय स्वपहिचानसहित ‘राउटे’ मात्रै होइन, ‘राजा मामा’ अर्थात् ‘कुसुन्डा कान्छा’ नै बन्न तयार हुने कि ? जमात अर्थात् भीड देखाउने र राजनीति गर्ने नाममा आप्mनो असली जातीय स्वपहिचान मेटेर राई बन्ने ? ….

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार