पाँचथरमा पटाका पड्काउँदा घर आगलागी

 

पाँचथर : तिहारमा रमाइलोका लागि पड्काएको पटाकाबाट सल्केको आगोले पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ३ पञ्चमीमा एउटा घर जलेर नष्ट भएको छ ।

हिलिहाङ गाँउ पालिका ३ तुम्बुङ निवासी सर्ण योङहाङको घर शनिवार साँझ जलेर नष्ट भएको हो ।

लक्ष्मीपुजा गर्नु अगाडी पड्काइएको पटाकाले योङहाङको तीनतले घर र घर भित्र रहेका सबै सामग्री जलेर नष्ट भएको हिलिहाङ ३ का वडाध्यक्ष मदन गौतमले जानकारी दिनुभयो ।

आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख दानवहादुर थापाले जानकारी दिनुभयो ।-मितेरीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार