काग सम्मेलन इलाममा


इलाम : कलाकार रमेश दुलालले १७ औँ काग सम्मेलन इलाममा गरेका छन् । इलाम घर भएका दुलालले आफनो जन्म भुमि इलाममा यमपञ्चकको पहिलो दिन अथवा काग तिहारको अवशर पारेर काग सम्मेलन गरेका हुन । यमपञ्चकको पहिलो दिन शुक्रबार घरघरमा कागको पुजा गरि यो पर्व मनाइएको छ । सरकारले कोरोना लागेका सम्पुर्ण नेपालीहरुको निशुल्क उपचार गर्नुपर्ने माग सहित काज सम्मेलन गरको कलाकार दुलालले बताए  । दुलालले भने , “१६ वर्ष देखी काठमाण्डौमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजनामा काग सम्मेलन गर्दै आएको थिए तर यस वर्ष आफ्नै जिल्लामा काग सम्मेलन गर्न पाएकोमा खुसी भएकोे छु । ”

बिभिन्न जनावार, चराचुरुंगी तथा बिभिन्न बाध्यबाधनको आवाज निकाल्न सक्ने खुबी भएका कलाकार दुलालले सदरमुकाम इलामको चोक बजार र बजार नजिकै रहेको माइस्थान मन्दिरमा कागको आवाज निकालेर काग सम्मेलन गरे ।  इलाम नगरपालिका २ का रमेश दुलाल ‘कागे’ उपनामले समेत चिनि्छन् । उनी जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने भएकाले कागे नाम बाट समेत परिचित छन् । दुलालले बिगतका वर्षहरुका काठमाण्डौका बिभिन्न स्थानमा काग सम्मेलन गर्दै काग तिहार मनाउँदै आएान थिए । उनले भारतले नाकाबन्दी गरेको समयमा भारतिय दुताबास परिसरमा काग सम्मेलन गरि बिरोध समेत जनाएका थिए ।
कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । दुलालले कागलाई बोलाउने मात्र हैन आफ्नै आवाज मार्फत कागलाई धपाउने, बस्ने लगायतका क्रियाकलाप गर्न सकिने बताउनुभयो । शुक्रबार जिल्लाको सदरमुकाम इलाम बजारमा गरिएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँ, इलामका प्रहरी प्रमुख नबिनराज राई, सञ्चारकर्मी तथा स्थानियको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार