नगदे वाली सरह आफ्नो निजी आवादी मा रोपिएका रूख वेच्न पाउनुपर्ने किसानको माग

इलाम : इलामका पारिवारिक निजी वन किसानले आफ्नो निजी आवादी मा रोपिएका रूख नगदे वाली सरह वेच्न पाउनुपर्ने माग राखेका छन । झन्झटिलो कानुनी व्यवस्था का कारण रूखको असली मुल्य आफुले नपाएको भन्दै निजी आवादी मा रोपिएका रूख नगदे वाली सरह वेच्न पाउनुपर्ने माग राखेका हुन ।

सुक्रवार पारिवारिक निजि वन संघ इलामले आयोजना गरेको पारिवारिक निजि वन को स्थलगत अवलोकन तथा किसान संगको अन्तरक्रिया कार्यक्रममा किसानले सो माग राखेका हुन ।वैंक हरूले आफुहरूलाइ ऋण पनि नपत्याउने, हाम्रो रूख देखाएर राज्यले ठुलो अन्तर्राष्ट्रिय सहयोग लिएपनि आफुले भने राज्यको तर्फबाट केही नपाएको लगायतका गुनासा किसाले राखेका थिए ।

पारिवारिक निजि वन संघ इलामका अध्यक्ष रविन्द्र सेबेदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य अगम प्रसाद वान्तवा,प्रदेस सभा सदस्य काजिमान कागते,जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश वराल,इलाम नगरपालिका का मेयर महेस वस्नेत,पारिवारिक निजि वन संघका केन्द्रीय सदस्य भुमिका आचार्य,न्यायिक समिति सदस्य डिक वम्जन,जिल्ला वन कार्यलय इलामका निमित्त प्रमुख संजिव ढकाल लगायले किसानका माग तथा समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवध्दता व्यक्त गर्नुभएको थियो ।

निज वन अनुगमन इलाम नगरपालिका वडा नं १० स्थित किसोर सिंह खत्रि,विरेन्द्र चौहान लगायतका पारिवारिक निज वन किसानको अनुगमन गरिएको थियो भने अन्तरक्रिया कार्यक्रम इलाम नगरपालिका वडा नं १० स्थित किसोर सिंह खत्रि को निजि वनमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार